बैतडीमा एक जनाको शंकास्पद मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-८ राङ्गाजुजैना बस्ने चालक ४५ बर्षिया गणेश महराको शंकास्पद मृत्यु भएको हो ।
बैशाख २ गते घर नजिकैबाट लडेर चोटपटक लागेको भनेर ११ दिनपछि अस्पताल भर्ना भएका उनको आज बिहान मुत्यु भएको प्रहरी स्रोतले बताएको छ ।
बैशाख २ गते साथीहरुले घर ल्याएका चालक महरा असक्त भएपछि १३ गते धनगढीको माया मेटो अस्पताल भर्ना भएका थिए ।
प्रहरीलाइ आएकाे जानकारी अनुसार उनले सेती अस्पतालमा आर्थिक अभाव देखिएर केही समय भेन्टीलेटरमा राखेर उपचार गराएका छन् । २९ गते शनिवार उपचार संम्भव नभएपछि उनलाई अक्सीजनसहित घर पठाएको थियो ।
अस्पताल भर्ना गर्नु भन्दा पहिले महाराका आफ्न्तले प्रहरी चौकी खोड्पेमा कुटपिट भएको निवेदन दिन खोजेको तर प्रहरीले निवेदन नलिएको जनप्रतिनिधि स्रोतले बताएको छ ।
बैशाख २ गते राती साथिहरुसंग बसेर मदिरा सेवन गरेको खुलेको छ । तर आफ्न्तले कुटपीटमा मृत्यु भएको आशंका गरेका छन् । शवको पोष्टमाटमका लागि इलाका प्रहरी कार्यालय पाटनलाई निवेदन दिएका छन् ।
शवलाई पोष्टमाटमका लागि बैतडी जिल्ला अस्पताल लगिदैछ । शंकास्पद मृत्यु भएकाले आफ्न्तले छानविनको माग गरेका छन् । छानविन नभए सडक अन्दोलन गर्ने स्थानीयले बताए ।
पहिले भिरबाट लडेर आएकाे र अहिले अरू नै कुरा भएकाेले प्रहरी टाेली घटना स्थल पुगेर छानविन सुरू गरेकाे जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बलराम पाण्डेयले बताए । उनका अनुसार घटनाकाे धेरै विवरण जिल्ला प्रहरीमा आउन बाँकी छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया