Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर ०५ गते आइतबार

मृत्यु दाबि बिमा बाफत २० लाख हस्तान्तरण

झलारी । दुर्घटनामा परि मृत्यु रकम बहादुर शाहीका परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेलौरी शाखा ले २० लाख ५० हजार रुपैयाँ मृत्युदाबी रकम हस्तान्तरण गरेको छ !

गत असोज २२ गते महेन्द्रनगर बाट बेलौरी फर्किने क्रममा बेलौरी नगरपालिका ०३ को मैनाहामा भएको दुर्घटनाबाट शाहीको मृत्यु भएको थियो ।

उक्त घटनामा घाइते भएका नबराज शाही ,मृतका बुवा ,र उहाँकी धर्मपत्नी मिना खाणलाई बीमा दाबी वाफतको रकम मेघा सहकारी बेलौरीका शाखा प्रमुख दिपक राज जोशीलाई सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रमुख टेक राज भट्टले विमा रकम बाफतको चेक हस्तान्तरण गर्नु भएको छ 

गत असोज ६ गते मृतक शाहीले मेघा सहकारी मार्फत सिटिजन लाइफको १० लाख बराबर को म्यादी जिबन बिमा गराउनु भएको थियो उक्त १० लाख को जम्मा ४ हजार ९ सय ८० रुपैयाँ सिटिजनलाई बिमा शुल्क बुझुनु भएको थियो ।

आइतबार बेलैरीमा भएको एक कार्यक्रमका बिच सोही घटनामा घाइते भएका नबराज शाही, रकम बहादुर शाहिका बुवा ,उहाँ कि धर्मपत्नी लगायत उद्योग ब्यापारी र सिटिजन लाइफका एजेन्सी मेनेजरको उपस्थिमा सो बराबर को रकम सिटिजन लाइफ इन्स्योरेन्सका क्षेत्रीय शाखा प्रमुख भट्टले हस्तान्तरण गर्नु भएको छ ।

उक्त कार्यक्रममा बोल्दै बेलौरी शाखा प्रमुख टेक राज भट्टले स-साना दुर्घटनाबाट हुने जोखिमको भर्पाइ कालागि बीमा गर्नु उचित भएको बताउनुभयो । दुर्घटनापछि प्राप्त दुर्घटना बिमा रकमले परिवारलाई आर्थिक रुपमा सहयोग मिलेको शाखा प्रमुख भट्टले बताउनुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>