Samriddhipost
२०८२ साउन ३१ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ साउन ३१ गते शनिबार

सहकारीबाट ठगिएका किसानले पुन लगायत ताला, ठगिएको रकम ब्याजसहित फिर्ता पाउनुपर्ने माग ।

कञ्चनपुरको लालझाडी गाउँपालिकामा आफ्नै सहकारीबाट ठगिएका किसानहरूले पहिलोपटक तालाबन्दी गरेपछि सहकारीहरूले आफै ताला खोलेका थिए। 
यस्तो अवस्थामा किसान संघर्ष समितिका गोविन्दराज चौधरी, राजेश राना, इतबारी चौधरी, आशाराम चौधरी पञ्चलाल चौधरी। लगायत किसानहरूले गाउँपालिकाका अध्यक्ष निर्मल राना उपाध्यक्ष सपना चौधरी राना न्यायक समिति र सहकारी सञ्चालकहरू समेत बसेर चार चरणसम्म छलफल गर्दा समेत निष्कर्ष ननिस्किएपछि किसान सङ्घर्ष समितिको नेतृत्वमा पुन तालाबन्दी गरिएको हो।
किसानहरूले तालाबन्दी खोल्नका लागि लिखित ग्यारेन्टी आवश्यक रहेको बताएका छन् भने हालसम्मको ब्याजसहितको सावा रकम फिर्ता गर्नुपर्ने मुख्य माग रहेको छ। यो रकम सञ्चालकको चल अचल सम्पत्तिबाट पनि आफूहरूले पाउनुपर्ने उहाँहरूको माग रहेको छ।
कञ्चनपुरको लालझाडीका किसान आफ्नै सहकारी र सुरो नेपाल नामक एनजिओबाट ठगिएका हुन् । ५० प्रतिशत अनुदानमा कृषि समाग्री दिन्छु भन्दै किसानबाट उनीहरुकै सहकारी मार्फत रकम संलकन गर्न लगाएपछि सयौँ किसान ठगिएका हुन। अनुदानमा कृषि समाग्री पाईने भन्दै अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले आफ्नै शेयर सदस्य किसानबाट करोडौं रकम संकलन गरेको थियो । गत वर्ष दुवै सहकारीले झण्डै साढे ३ सय किसानबाट अढाई करोड रकम संकलन गरेपनि किसानलाई कृषि समाग्री दिलाउन सकेका छैनन। अनमोल कृषि सहकारीले १सय १० किसानबाट ४८ लाख, ४६ हजार बढि र दोदा साना किसान सहकारीले अढाई सय किसानबाट १ करोड, ९३लाख बढि रकम संकलन गरेका थिए।
आफ्‌नै खेतबारीमा उत्पादन भएको कृषि उपज बिक्रि वितरणदेखि सहकारी, बैंक, आफन्तबाट ऋण निकालेर कृषि समाग्री खरिदका लागि सहकारीलाई अग्रीम पैशा बुझाएका किसानको अहिले विचल्ली भएको छ। अग्रीम पैशा बुझाएका किसानलाई न समान न पैशा फिर्ता दिईएपछि उनीहरु समस्यामा परेका छन। अनुदानमा कृषि समाग्री पाउने आशमा रहेका झण्डै साढे ३ सय किसानले लालझाडीको अनमोल कृषि सहकारी संस्था र दोदा साना किसान सहकारीमा पैशा बुझाएको एक बर्ष वितिसक्दा पनि कृषि समाग्री नपाएपछि किसान आन्दोलित भएका छन ।

यससँग सम्बन्धित समाचार निम्नलिङ्कमा छ।https://samriddhipost.com/news/7924

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>