Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ भदौ २९ गते आइतबार

अनुमति बिना महाकाली योजनाको नयाँ गाडी घर पुगेपछि आन्दोलनकारीले तोडे गाडी ।
तोडफोड हुनुपूर्व गाडीको तस्बिर

देशभर जेनजी आन्दोलनका समयमा बेला महाकाली पुल योजनाको एक गाडी दाङमा तोडफोड आगजनी भएको छ । कञ्चनपुर स्थित महाकाली पुल योजना कार्यालयको बामती प्रदेशको एबी ७२१० नम्बरकोे नयाँ गाडीमा तोडफोड आगजनी भएको हो ।
सडक डिभिजन कार्यालय दाङमा राखिएको उक्त गाडी तोडफोड भएको जनाईएको छ । सडक डिभिजन कार्यालय दाङका सिडिई दिपेन्द्र बहादुर विष्टले कार्यालय परिसरमा राखिएको गाडीमा आन्दोलनकारीले तोडफोड गरेको पुष्टी गरेका छन । ‘यो गाडी कहाँबाट कसरी आयो थाहै भएन, ‘उनले भने, ‘पछाडी राखिएको गाडी पनि तोडिदियो, अरु लक नभएका गाडी हामीले सुरक्षित राख्यौँ, त्यो सकिएन ।’
महाकाली पुल आयोजनाको कार्यक्षेत्र र साइट कुनै पनि कार्यालय वा ठाउँ दाङ जिल्लामा नरहेको कार्यालयका इन्जिनियर रवि शाहले बताउनुभयो।
२३भदौँदेखि जेनजी आन्दोलन चर्किएपछि सडक विभागले देशभरका सबै महाशाखा, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन, गुणस्तर अनुसन्धान विकास केन्द्र, आयोजना, निर्देशनालय, आयोजना,योजना, यान्त्रिक तालिम केन्द्र, हेभि ईक्विपेन्ट, डिभिजन र यान्त्रिक कार्यालयमा पत्राचार गर्दै सरकारी सवारी साधन प्रयोग नगर्न पत्राचार गरे विपतिर कञ्चनपुर महाकाली पुल योजनाको गाडी दाङमै कसरी किन कसले लगेर दुरुपयोग वा कामका लागि भन्दै चर्चा चलिरहेको छ ।
सडक विभागका शाखा अधिकृत पदम प्रशाद पोखरेलले हस्ताक्षर गरेको अन्यन्त जरुरी पत्रमा आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण सरकारी सवारी साधन प्रयोग नगर्नु नगराउन हुन निर्देशन जारी गर्दै आफु खुसी सवारी साधन प्रयोग गरी क्षति वा दुर्घटना भएका सवारी प्रयोगकर्ता स्वयम जिम्मेबारी हुने निर्देशन जारी गरिएको थियो ।
विभागकै निर्देशन विपरित महाकाली पुल आयोजनाको गाडी दुरुपयोग भएपछि विभागले अब के गर्छ प्रतीक्षाको विषय छ ।
 जिल्ला प्रहरी कार्यालय दाङले थुप्रै सरकारी कार्यालय, सवारी साधन तोडफोड, आगजनी भएकाले टोलीले मुचुल्का संकलन गरिरहेकोे जनाएको छ ।
महाकाली पुल योजना कार्यालयका ईन्जिनियर रवि शाहले उक्त गाडी कार्यालय प्रमुख डिई विवसबासु सदादेवले सुर्खेत लगेको बताए ।सरकारी सार्वजनिक कार्यालयमा भ्रष्टाचार बढिरहेको भन्दै जेनजी पुस्ता आन्दोलनमा यसै कारण चर्चिरहेका बेला यसरी सरकारी कर्मचारी राज्यका स्रोत साधन दोहनमा उद्यत छन ।
जिल्ला बाहिर सरकारी सवारी साधन संचालनका लागि सम्बन्धीत प्रशासन कार्यालयमा अनुमती लिनुपर्ने भएपनि महाकाली पुल र डिभिजन वन कार्यालयका गाडी अनुमती बिनै जिल्ला बाहिर लैजादा तोडफोड र आगजनी भएका छन ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले महाकाली पुल र डिभिजन वन कार्यालयले अनुमती नलिएको बताए । प्रजिअ ढकालले दुवै कार्यालयमा सवारी साधन तोडफोड आगजनीको विषयमा आफुले पनि अनौपचारिक रुपमा सुनेको बताउँदै थप बुझ्ने बताए । ‘सम्बन्धीत जिल्ला प्रशासनको अनुमती बिनै जिल्ला बाहिर सवारी साधन संचालन गर्न पाईदैन, ‘प्रजिअ ढकालले भने, ‘यसरी सरकारी गाडी 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>