अर्थ मन्त्रालयले शुक्रबारदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) अनिवार्य रूपमा लागु गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले उक्त प्रणालीमार्फत फाइल स्वीकृत गर्दै यसको औपचारिक आरम्भ गरेका हुन् ।
सरकारी निकायका कामकाजलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सूचना प्रविधि विभागले यो प्रणाली विकास गरेको हो । अबदेखि अर्थ मन्त्रालयका सम्पूर्ण कार्य पेपरलेस (कागजरहित) रूपमा सञ्चालन हुनेछन् ।
जीआईओएमएस मार्फत तोक आदेश र टिप्पणी–निर्णय, चिठीपत्र दर्ता–चलानी, हाजिरी, बिदा तथा काज स्वीकृति, अभिलेख व्यवस्थापनलगायतका कार्य अनिवार्य रूपमा विद्युतीय हस्ताक्षरसहित सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
यस प्रणाली कार्यान्वयनपछि निर्णय प्रक्रियामा तीव्रता, खर्चमा मितव्ययिता, कार्यप्रक्रियामा पारदर्शिता र जवाफदेहिता बढ्ने बताइएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया