नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा संलग्नताको आरोपमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेको छ । सीआईबीले आइतबार विज्ञप्ति जारी गर्दै सङ्गठित अपराध मुद्दाको अनुसन्धानका क्रममा ललितपुरको खुमलटारस्थित निवासबाट महरालाई पक्राउ गरिएको जानकारी दिएको हो ।
यो प्रकरण १० पुस २०७९ मा फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका चिनियाँ नागरिक लि हानसोङको साथबाट बरामद भएको विद्युतीय चुरोटसँग जोडिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उक्त विद्युतीय चुरोट जफत गरी गोदाममा राखेको थियो ।
तर, पछि भन्सारका कर्मचारीकै मिलेमतोमा गोदाममा राखिएको सक्कली विद्युतीय चुरोट निकालेर त्यसभित्र सुन लुकाई तस्करी गरिएको अनुसन्धानबाट खुलेको थियो । सीआईबीका अनुसार उक्त गिरोहले भन्सारको गोदामबाट विद्युतीय चुरोट निकालेर त्यसमा करिब आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाएर बिक्री वितरण गरी आपराधिक लाभ लिएको थियो ।
सीआईबीले विज्ञप्तिमा भनेको छ, “भन्सार ऐन, २०६४ तथा सङ्गठित अपराधमा संलग्न रहेका प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा रोल्पा जिल्ला, साबिक लिवाङ गाविस वडा नम्बर ७ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर २६ खुमलटार बस्ने वर्ष ६८ का कृष्णबहादुर महरालाई आज पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ ।”
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया