Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ असोज २६ गते आइतबार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा संलग्नताको आरोपमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेको छ । सीआईबीले आइतबार विज्ञप्ति जारी गर्दै सङ्गठित अपराध मुद्दाको अनुसन्धानका क्रममा ललितपुरको खुमलटारस्थित निवासबाट महरालाई पक्राउ गरिएको जानकारी दिएको हो ।
यो प्रकरण १० पुस २०७९ मा फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका चिनियाँ नागरिक लि हानसोङको साथबाट बरामद भएको विद्युतीय चुरोटसँग जोडिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उक्त विद्युतीय चुरोट जफत गरी गोदाममा राखेको थियो ।
तर, पछि भन्सारका कर्मचारीकै मिलेमतोमा गोदाममा राखिएको सक्कली विद्युतीय चुरोट निकालेर त्यसभित्र सुन लुकाई तस्करी गरिएको अनुसन्धानबाट खुलेको थियो । सीआईबीका अनुसार उक्त गिरोहले भन्सारको गोदामबाट विद्युतीय चुरोट निकालेर त्यसमा करिब आठ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाएर बिक्री वितरण गरी आपराधिक लाभ लिएको थियो ।
सीआईबीले विज्ञप्तिमा भनेको छ, “भन्सार ऐन, २०६४ तथा सङ्गठित अपराधमा संलग्न रहेका प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा रोल्पा जिल्ला, साबिक लिवाङ गाविस वडा नम्बर ७ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर २६ खुमलटार बस्ने वर्ष ६८ का कृष्णबहादुर महरालाई आज पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ ।”

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>