Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ १९ गते बुधबार

ब्यास गाउपालिकाकाे थप ४ किलाेमिटर सडक नेपाली सेनाकाे जिम्मा

सरकारले दार्चुलाको तुषारपानीदेखि कोठाधारसम्मको ४ किलोमिटर सडकको ट्रयाक निर्माण नेपाली सेनाबाट गराउन स्वीकृति दिएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । दार्चुला तिंकर सडक अन्तरगत सुनसेरासम्म अहिले ट्रयाक खुलेको छ । त्यहाँबाट अगाडि नेपाली सेना र ठेकेदार कम्पनीलाई जिम्मा दिइएको थियो ।

दार्चुला तिंकर सडक आयोजना कार्यालयले ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गरेपछि थप ४ किलोमिटर (तुषारपानी देखि कोठेधारसम्म) सडक आयोजना नेपाली सेनाले निर्माणको जिम्मा पाएको हो । सम्झौता अनुसार काम नभएपछि ठेकेदार कम्पनी कारवाहीमा परेको थियो । कोठेधारदेखि तिंकरसम्म यसअघि नै ८७ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय भइसकेको छ । अहिले त्यहाँ काम भइरहेको छ ।

सेनाले उक्त क्षेत्रमा अहिले दुईवटा क्याम्प खडा गरेर काम गरिरहेको छ । महाकाली लोकमार्ग अन्तरगतको ४२५ किलोमिटर अन्तरगत दार्चुला खलंगादेखि तिंकरसम्म १३४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम जारी रहेको छ ।

सडक अन्तरगत यो आर्थिक वर्षमा बहुवर्षीय ठेक्का स्वीकृत गरी ३ अर्ब ९७ करोड बजेट सुनिश्चित भएको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>