Samriddhipost
२०८२ पुष ०१ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष ०१ गते मङ्गलबार

नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत आज मंगलबार राति हुने भनिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ।
पटक–पटक समय सर्दै राति ८ बजेका लागि तय गरिएको मतदान अन्ततः भोलि (बुधबार) बहिन ८ बजेका लागि सारिएको हो।
मतदान गर्नका लागि लामो समयदेखि लाइनमा बसिसकेका महाधिवेशन प्रतिनिधिहरूलाई विशेष सूचना जारी गर्नुपर्ने भन्दै निर्वाचन समितिले लाइन छाडेर हलभित्र आउन आग्रह गरेको थियो। 
प्रतिनिधिहरूलाई हलमा बोलाएर नेता शंकर पोखरेलले प्राविधिक कारणले गर्दा भालि बिहान ८ बजेदेखि मात्र मतदान हुने जानकारी दिएका हुन्।
मतदान स्थगित हुनुअघि मञ्चमा अध्यक्षका दुई मुख्य प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलबीच सौहार्दपूर्ण वातावरणमा लामो भलाकुसारी भएको थियो।
यसअघि दिउँसो २ बजेदेखि सुरु हुने भनिएको मतदान साँझ ७ बजे र त्यसपछि ८ बजेका लागि सारिएको थियो।
खानासमेत नखाई भोकभोकै लाइनमा बसेका प्रतिनिधिहरूलाई आज मतदान नहुने संकेत मिलेपछि हलभित्र बोलाइएको हो।
अब मतदान प्रक्रिया भोलि बिहानबाट सुरु गरिने तयारी छ। मतदान  भृकुटीमण्डपमै हुनेछ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>