वैकल्पिक राजनीतिमा नेतृत्वदायी भूमिका खेल्ने दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुझाएको समानुपातिक बन्दसूचीमा सुदूरपश्चिम प्रदेशलाई उपेक्षा गरिएको छ। बन्दसूचीमा सुदूरपश्चिमलाई न्यून प्राथमिकता दिइएको भन्दै प्रदेशभित्रै पार्टी नेतृत्व र नागरिकस्तरमा असन्तुष्टि बढेको छ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीअनुसार स्थायी ठेगाना सुदूरपश्चिम प्रदेश उल्लेख भएका उम्मेदवार दुई जना मात्रै छन्। दुबै उम्मेदवारको ठेगाना कञ्चनपुर जिल्लाको रहेको छ। कञ्चनपुरबाट खसआर्य महिला क्लस्टरको पहिलो नम्बरमा प्रतिभा रावल तथा थारु पुरुष क्लस्टरबाट सोमप्रसाद चौधरीलाई उम्मेदवार बनाइएको छ।
तर रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्ट भने सुदूरपश्चिमका पाँच जना बन्दसूचीमा परेको दाबी गर्छन्। उनका अनुसार रावल र चौधरीसँगै टीका सङ्ग्रौला (ज्वाला), अनुपकुमार उपाध्याय, करिस्मा कठरिया र गीता चौधरी पनि सुदूरपश्चिमकै हुन्। यद्यपि, आयोगमा बुझाइएको बन्दसूचीमा रावल र चौधरीबाहेक अन्य उम्मेदवारको स्थायी ठेगाना सुदूरपश्चिमका जिल्लामा उल्लेख छैन।
रास्वपा सुदूरपश्चिमले ज्वालालाई अछाम, गीता चौधरीलाई कञ्चनपुर तथा करिस्मा कठरियालाई कैलालीबाट समानुपातिक सांसदका लागि सिफारिस गरेको भए पनि केन्द्रले त्यसअनुसार न्यायोचित हिस्सा नदिएको भन्दै प्रदेशका नेताहरू असन्तुष्ट बनेका छन्। सुदूरपश्चिमबाट समानुपातिकका लागि ३० जनाको नाम सिफारिस गरिएको भए पनि ११० सदस्यीय बन्दसूचीमा दुई–चार जनामात्रै समेटिनु प्राथमिकतामाथि प्रश्न उठ्ने आधार बनेको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया