Samriddhipost
२०८२ पुष २१ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष २० गते आइतबार

भेनेजुएलामाथि अमेरिकी आक्रमण र साम्राज्यवादी हस्तक्षेप : एक विश्लेषण

 लेखक - केशवनाथ योगी

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप
2025 सेप्टेम्बरयता अमेरिकाले प्रशान्त र क्यारबियन क्षेत्रमा भेनेजुएलाका व्यापारीक प्रयोजनका पानीजहाजमाथि निरन्तर आक्रमण गर्दै आएको आरोप लगाइएको छ। प्राप्त विवरणअनुसार सेप्टेम्बरयता यस्ता ३० वटा आक्रमण भइसकेका छन्। सेप्टेम्बर २ मा अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहेको एक डुङ्गामाथि गरिएको पहिलो आक्रमणपछि अहिलेसम्म ११० भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको बताइएको छ।
भेनेजुएला सरकारले यी कारबाहीहरूलाई वाशिङ्टनद्वारा हालै तेल ट्याङ्करहरू कब्जा गर्ने लगायतका कदमहरूको निरन्तरता भन्दै, यसको मूल उद्देश्य राष्ट्रपति निकोलास मदुरोलाई सत्ताबाट हटाउन र भेनेजुएलाको विशाल तेल भण्डारमाथि नियन्त्रण जमाउन बाध्य पार्नु रहेको जनाएको छ। सरकारको स्पष्ट भनाइ छ—यी आक्रमणहरू अमेरिकी आक्रामकताको हिस्सा हुन् र यसलाई कुनै पनि हालतमा स्वीकार गरिने छैन। यही सन्दर्भमा भेनेजुएलाले राष्ट्रिय सङ्कटकाल समेत घोषणा गरेको छ।
यसअघि नै राष्ट्रपति मदुरोले अमेरिकी हमलालाई आफ्नो देशको तेल र खनिज स्रोत खोस्ने प्रयासको रूपमा व्याख्या गर्दै कडा निन्दा गरेका थिए। आरोपअनुसार अमेरिकी आक्रमणको मुख्य उद्देश्य तेल र खनिज पदार्थ भएकाले भेनेजुएलाको राजधानी सहरको केन्द्रमा अवस्थित हवाई क्षेत्रसहितका सैन्य क्षेत्र र फोर्ट ट्युनाको मुख्य सैनिक अखडा समेत लक्षित गरिएको छ । 
अमेरिकाले विगत लामो समय देखि स्थानिय श्रोत साधन, खनिज पदार्थ र सरकारमा विश्व भरी आफ्नो दबदवा कायम राख्न विभिन्न देशमाथि कयौ पटक आक्रमण र हस्तक्षेप गरेका कयौ उदाहरणहरु छन ।
१. सिरियामा अमेरिकी हस्तक्षेप :-
सिरियामा अमेरिकी हस्तक्षेप सन् २०११ पछि सुरु भएको गृहयुद्धसँगै तीव्र भएको हो। अमेरिकाले औपचारिक रूपमा “ISIS विरुद्धको युद्ध” र “मानवअधिकार संरक्षण” लाई कारण बताए पनि, धेरै विश्लेषकहरूका अनुसार यसको मूल कारण भूराजनीतिक नियन्त्रण र स्रोत–राजनीतिसँग जोडिएको छ। सिरिया मध्यपूर्वको अत्यन्त रणनीतिक स्थानमा अवस्थित देश हो, जहाँबाट तेल तथा ग्यास पाइपलाइनहरू युरोपतर्फ लैजान सकिने सम्भावना रहँदै आएको छ।
सिरियाको पूर्वी क्षेत्रमा रहेका तेल र ग्यास क्षेत्रहरू लामो समयदेखि अमेरिकी समर्थित कुर्द बलको नियन्त्रणमा रहेको आरोप लाग्दै आएको छ। सिरियाली सरकारले अमेरिकाले आफ्नो सरकारको अनुमति बिना सैनिक उपस्थिति राखी तेल स्रोत अवैध रूपमा दोहन गरिरहेको भन्दै बारम्बार विरोध जनाएको छ। यसका साथै, अमेरिकाले सरकारविरुद्धका सशस्त्र समूहहरूलाई सहयोग गरेको, प्रत्यक्ष हवाई आक्रमण गरेको र आर्थिक नाकाबन्दीमार्फत सिरियाली राज्य संरचनालाई कमजोर बनाउने प्रयास गरेको आरोप छ। यी सबै गतिविधिलाई सिरिया, रुस र इरानजस्ता देशहरूले राष्ट्रिय सार्वभौमिकताको गम्भीर उल्लङ्घनका रूपमा व्याख्या गर्दै आएका छन्।
२. इरानमा अमेरिकी हस्तक्षेप :-
इरानमा अमेरिकी हस्तक्षेप प्रत्यक्ष युद्धभन्दा बढी अप्रत्यक्ष दबाब, प्रतिबन्ध र गुप्त कारबाहीमार्फत हुँदै आएको छ। यसको ऐतिहासिक जरा सन् १९५३ मा पुग्छ, जब इरानका प्रधानमन्त्री मोहम्मद मोसाद्देगले तेल राष्ट्रियकरण गरेपछि CIA समर्थित कू मार्फत उनलाई सत्ताच्युत गरिएको थियो। यस घटनाले इरानमा अमेरिकी हस्तक्षेपको गहिरो आधार तयार गर्‍यो।
इरानसँग विश्वकै ठूला तेल र ग्यास भण्डारमध्ये एक रहेको, साथै उसले अमेरिकी प्रभाव नस्वीकार्ने स्वतन्त्र विदेश नीति अपनाउँदै आएको कारण अमेरिका र इरानबीच सम्बन्ध सधैँ तनावपूर्ण रहँदै आएको छ। पछिल्ला वर्षहरूमा अमेरिकाले इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाएको, वैज्ञानिक तथा सैन्य संरचनामाथि साइबर आक्रमण गरेको, र इराक, सिरिया तथा यमनजस्ता क्षेत्रीय द्वन्द्वहरूमा अप्रत्यक्ष सैन्य दबाब सिर्जना गरेको आरोप लाग्दै आएको छ। इरानले यी सबै गतिविधिलाई साम्राज्यवादी हस्तक्षेप भन्दै निरन्तर विरोध गरिरहेको छ।
३. इराक (Iraq)अमेरिकी हस्तक्षेप :-
सन् 2003 मा “Mass Destruction Weapons” को बहानामा अमेरिकाले मुख्य स्रोत: पेट्रोलियम (तेल) माथि नियन्त्रण गर्न  आक्रमण गरेको थियोे  । युद्धपछि अमेरिकी र पश्चिमी तेल कम्पनीहरूको ठूलो पहुँच रहेको छ ।

४. अफगानिस्तानमा अमेरिकी हस्तक्षेप :-
सन 2001 पछि लामो अमेरिकी सैन्य उपस्थिति
अफगानिस्तानलाई “future lithium Saudi Arabia” भनेर अमेरिकी रिपोर्टमै उल्लेख गरेको थियोे 
। अफगानिस्तानमा रहेको  मुख्य स्रोत: लिथियम, तामा, फलाम, दुर्लभ खनिज पदार्थमाथिको नियन्त्रण गर्नु अमेरिकी साम्राज्यवादको उद्देश्य थियोे ।

५. लिबियामा अमेरिकी हस्तक्षेप :-
सन 2011 मा NATO (अमेरिकासहित) को हस्तक्षेपको मुख्य कारण लिबियाको मुख्य स्रोत: तेल र प्राकृतिक ग्यास थियो । महमद गद्दाफीको पतनपछि पश्चिमी कम्पनीहरूको प्रभाव रहेको छ । यसका साथै लिबियाले
अफ्रिकामा स्वतन्त्र आर्थिक नीतिको विरोध गरेको आरोप थियो । 
६.  कंगो (DR Congo)अमेरिकी हस्तक्षेप :-
मुख्य स्रोत: कोबाल्ट, तामा (मोबाइल, ब्याट्री उद्योगका लागि अत्यन्त महत्त्वपूर्ण) लगायतका श्रोतमा नियन्त्रण गर्न  देशको राजनीति र प्रशासानिक क्षेत्रमा  अमेरिकाको अप्रत्यक्ष हस्तक्षेप रहिआएको छ । युद्ध, अस्थिरता र विदेशी बहुराष्ट्रिय कम्पनीहरूको प्रभाव प्रत्यक्ष प्रभाव र दवावलाई पश्चिमी देशहरूको मौन समर्थन रहेको छ ।

अमेरिककाले भेनेजुएलामाथि गरेको  हस्क्षेपका सन्दर्भमा अन्तर्राष्ट्रिय प्रतिक्रिया:-
भेनेजुएलामाथि भएको भनिएको अमेरिकी सैन्य कारबाहीप्रति विभिन्न देश र अन्तर्राष्ट्रिय शक्तिहरूले प्रतिक्रिया जनाएका छन्:
1. क्युबाका राष्ट्रपति मिगेल डियाज–कनेलले “अमेरिकाले भेनेजुएलामा गरेको आपराधिक आक्रमणको कडा निन्दा” गर्दै तत्काल अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया माग गरेका छन्।
2. युरोपेली सङ्घ (EU) ले सबै पक्षलाई संयम अपनाउन आह्वान गरेको छ।
3. स्पेनले शान्तिपूर्ण समाधान खोज्न मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्ने प्रस्ताव गरेको छ।
4. ब्रिटेनका कैयौँ सांसदहरूले यस कार्यको पहिल्यै निन्दा गरिसकेका छन्।
5. रुसले अमेरिकी आक्रमणलाई ‘निकै चिन्ताजनक’ भन्दै कडा शब्दमा विरोध जनाएको छ।
6. कोलम्बियाका राष्ट्रपतिले कराकसमा सुरुवाती विस्फोटनको खबर आएदेखि नै शान्ति र संवादको आह्वान गर्दै आएका छन्।
7. चिलेका राष्ट्रपति ग्याब्रिअल बोरिकले अमेरिकी सैन्य कारबाहीप्रति आफ्नो देशको “चिन्ता र निन्दा” व्यक्त गरेका छन्।
8. इरानको विदेश मन्त्रालयले उक्त आक्रमणलाई भेनेजुएलाको “राष्ट्रिय सार्वभौमिकताको स्पष्ट उल्लङ्घन” भनेको छ।
अमेरिकी साम्राज्यवाद र साना राष्ट्रहरू
विगत लामो समयदेखि अमेरिकी साम्राज्यवादले विश्वमा शान्तिको होइन, बरु अशान्ति र आतंक फैलाउने शक्तिका रूपमा व्यवहार गर्दै आएको आरोप व्यापक रूपमा उठ्दै आएको छ। साना र कमजोर राष्ट्रहरूको स्थानीय स्रोत–साधनमाथि आन्तरिक रूपमा नियन्त्रण जमाउन सफल नभएपछि बाह्य दबाब, आर्थिक प्रतिबन्ध र अन्ततः सैन्य आक्रमणमार्फत ती देशहरूलाई तहसनहस बनाउने प्रवृत्ति दोहोरिँदै आएको देखिन्छ। यसले सम्बन्धित देशलाई मात्र होइन, अन्य मुलुकहरूमा समेत अमेरिकी दादागिरीको प्रत्यक्ष र परोक्ष प्रभाव पार्ने गरेको छ।
यो सन्दर्भ नेपाल र नेपाली जनताका हकमा पनि सत्य हो । बिस २०८२ साल २३ र २४ गते देशमा भएको  विध्वंश एकाएक नभएर देशमा बढ्दै गईरहेको राजनिती दलहरु मुख्यत एमाले कांग्रेसको संयुक्त  सरकारको काम  क्रियाकलाप र कुशासन प्रतिको  असन्तुष्टिलाई अधार बनाएर जेन जेड समूह स-साना विद्यार्थीहरुलाई  हथियार बनाएर पर्दा पछाडिबाट केही समय अघाडि देखि आन्तरिक योजना बनाईएको कुरा क्रमश खुल्दै गईरहेको छ खुल्दै जाने छ । वर्तमान सरकार यसैको परिणाम हो । देशमा समृद्धि र विकासको नयाँ योजना कार्यक्रम ल्याउनु देशलाई स्थायित्व दिनु र सचेतता पुर्वक स्थायी सरकार बनाउनु नेपाली जनाताको काधमा जिम्मेवारी आएको छ । नयाँको नाममा अनुभवहिन अपरिपक्व असंयमित, अधर्यका साथै ईतिहास, राजनीति र समाज नबुझेका कुनै समाजिक आन्दोलन र देशलाई योगदान नपुर्याएका व्यक्तिलाई अघाडि ल्याउनु देशहितमा हुने छैन । यदि यो सरकार विदेशीको चाहनामा बनेको होइन भने भेनेजुएलामाथि अमेरिकी आक्रमणको नेपाल सरकारले औपचारिक रूपमा निन्दा गर्नुपर्छ ।

निष्कर्ष
भेनेजुएलामाथि भएको अमेरिकी सैन्य हस्तक्षेप केवल दुई देशबीचको द्वन्द्व मात्र नभई, यो विश्व राजनीतिमा स्रोत–केन्द्रित साम्राज्यवादी हस्तक्षेपको अर्को उदाहरणका रूपमा प्रस्तुत भइरहेको छ। अन्तर्राष्ट्रिय समुदायले यस विषयमा गम्भीर ध्यान दिई, राष्ट्रिय सार्वभौमिकता, अन्तर्राष्ट्रिय कानुन र शान्तिको पक्षमा स्पष्ट भूमिका खेल्न आवश्यक देखिन्छ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>