Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ २० गते बिहिबार

नेकपा समाजवादी निकट बिध्यार्थि संगठनले थप आन्दोलन  गर्ने


सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दि भएकाे करिव डेढ महिना बिति सक्दा समेत ताला खुल्न सकेकाे छैन । नेकपा ( एकीकृत समाजवादि ) निकट बिध्यार्थि संगठन अनेरास्ववियुले बिहिवार एक बिजप्ति जारि गर्दै माग पूरा गर्न भनेकाे छ ।

संगठनले बिगतमा उठाएकाे बिषय

सुदूरपश्चिम विश्वविद्यालयको स्थापनाको मूलमर्म अनुसार त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पस हालसम्म पनि सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन नहुनु प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको र  सुदूरपश्चिम विश्वविद्यालय ऐनको कार्यान्वयन नगरी विश्वविद्यालय स्थापनाका लागि गरिएको आन्दोलन र नेपाल सरकारको ऐनको उपहास गरी वर्तमान पदाधिकारीहरुले विश्वविद्यालयको विकास र विस्तारमा अवरोध सृजना गरिरहेको भन्दै  २०७६/०९।०६ गतेका दिन गरेको अवैधानिक नियुक्तीको  बिषयमा संगठनले मिति २०७८३०९३०७ गतेका दिन ज्ञापनपत्र सहित उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको र तालाबन्दी पश्चात् तालाबन्दी खुला सम्बन्धमा कुनै ठोस कदम नचालेकाे  जनाएकाे  छ ।

संगठनका मागहरु

विश्वविद्यालयका डीनहरूकै अधिकारहरू कटौती गर्दै कामविहीन बनाइएको अवस्थामा आर्थिक र राजनैतिक प्रलोभनमा विश्वविद्यालयको नियमावली र मापदण्ड विपरीत अनावश्यक रुपमा नियुक्त गरिएका सहायक डीन, निर्देशक र सह परीक्षा नियन्त्रकका नियुक्तीहरू तत्काल खारेज गरिनु पर्ने , विश्वविद्यालयले लिने प्रवेश परीक्षाको शुल्क बिना आधार दोब्बर तेब्बर सम्म वृद्धि गरी विश्वविद्यालयलाई आफ्नो कमाइखाने

भाँडो बनाउने प्रवृति हावी भएकाने प्रवेश परीक्षा शुल्क खारेज गरी निःशुल्क गरिनु पर्ने ।

अनलाइन परीक्षामा आफू निकट विद्यार्थीहरूका उत्तरपुस्तिका अवैधानिक तरिकाबाट परीक्षण गरी परीक्षामा उत्तीर्ण गर्न लगाएकोले मगांदा विपरीतका कार्य गर्ने उपर छानबीन गर्न विद्यार्थीहरूले उठाएका मागलाई बेवास्ता गरी राजनैतिक धाकधम्की दिन लगाउने कार्य भएकाले अनलाइन परीक्षामा भए गरेका अवैधानिक कार्यहरूको छानबीन गरी दोषीउपर कार्बाही गरिनु पर्ने ।

विश्वविद्यालयको नियमावली अनुसार सार्वजनिक सूचना प्रकाशित गरी प्रतिस्पर्धाका आधारमा आवश्यक भएमा मात्र शिक्षक, कर्मचारी करार सेवामा नियुक्त गरिनु पर्नेमा विभिन्न क्याम्पस र केन्द्रीय कार्यालयमा प्रतिस्पर्धा बिना नै पूर्णकालीन करार सेवामा शिक्षक, कर्मचारी भर्ना गरिएकोले अवैधानिक नियुक्तीहरू खारेज गरिनु पर्ने ।

टीकापुर बहुमुखी क्याम्पसमा आवश्यक नै नभएका व्यक्तिहरूको राजनैतिक लाभका लागि करार नवीकरण गरेको र टीकापुरमा उक्त कार्यको विरोध भएपछि निजहरूलाई विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हाजिर गर्न लगाएर बिना कुनै काम नै तलब भुक्तान भइरहेकोमा यस्ता राजनैतिक लाभका लागि गरिएका अनावश्यक नियुक्ती तत्काल खारेज गरिनु पर्ने ।

विश्वविद्यालयमा पटक पटक आन्तरिक प्रतियोगिता गर्ने र बुला प्रतिस्पर्धाबाट दक्ष जनशक्ति भित्रिन नदिने प्रवृतिले गुणस्तरीय शिक्षाको वकालत गर्ने पदाधिकारीहरूले शिक्षक, कर्मचारी भर्ति केन्द्रका रूपमा विस्तार गरी खुला प्रतिस्पर्धा

निहित गर्ने कार्य गरेकोले कुनै पनि बहानामा गरिएको ना प्रतिस्पर्धालाई निहित हुने गरी गरिएको फदम खारेज

गरिनु पर्ने ।

विश्वविद्यालयमा केन्द्रीय पुस्तकालयमा पाठ्यपुस्तकका साथै सन्दर्भ सामाग्रीको अभाव रहेको परिपुर्ति गरिनु पर्ने । केन्द्रीय पुस्तकालयलाई प्रविधिमैत्री बनाउनुका साथै अन्तरराष्ट्रिय स्तरकोको व्यवस्था गरिनु पर्ने ।  विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विज्ञान तथा प्रविधि संकायतर्फ संचालित कार्यक्रमहरूका लागि भवन, प्रयोगशाला भवन र सामाग्री अभाव भएकाले तत्काल समाधान गरिनु पर्ने ।

विश्वविद्यालयमा प्राध्यापनरत शिक्षहरूको दोहोरो प्राध्यापनलाई अन्त्य गरिनु पर्ने , समान तहका पदाधिकारीहरुलाई नियमानुसार पाउनु पर्ने सेवा सुविधामा समेत राजनैतिक प्रतिशोध साधी आफू र आफू बाहेक अन्य पदाधिकारीहरूलाई पाउनु पर्ने विभिन्न सेवा सुविधाबाट मस्थित गरी निरंकुश र तानाशाह प्रवृत्ति प्रदर्शित गरेकाले यस्तो प्रवृत्ति अन्त्य गरिनु पर्ने ।  विश्वविद्यालयका हरेक गतिविधि पारदर्शीका साथै विश्वसनीय बनाउन विश्वविद्यालयका गतिविधि विश्वविद्यालय सभा, प्रशिक परिषद कार्यकारी परिषद्ले गरेका निर्णयहरू विभिन्न प्रतिवेदनका साथै लेखापरीक्षण प्रतिवेदन विश्वविद्यालय

वेभसाइटमा उपलब्ध हुने व्यवस्था मिलाउनु पर्ने,  संस्थाभन्दा पनि व्यक्तिगत हितका लागि आफू अनुकुल गरिएका नियमावली संसोधनहरु खारेज गरिनु पर्ने, परीक्षा नियन्त्रक कार्यालयबाट संचालित परीक्षाको २ महिना भित्र नतीजा प्रकाशन गरिनु पर्ने ।

विश्वविद्यालयको खर्चमा काठमाण्डाै लगायत विभिन्न ठाउँमा घुम्न जाने, राजनैतिक नेतृत्वको चाकडी गर्न जाने जस्ता गैर
कार्यहरु गर्दै आइरहेकाे उल्लेख गरेकाे थियाे ।

संगठनले थप आन्दाेलन गर्ने
संगठनले माग पूर
 नगरि अटेरि गरेमा थप अान्दाेलन गर्ने   बताएकाे छ । बिध्यार्थि बाट  प्रवेश शुल्क लिई व्यक्तिगत भ्रमण र आफ्ना आसेपासेमा खर्च गरी गरीब विद्यार्थीलाई आर्थिक यातना दिने र पढन पाउने अधिकारबाट समेत वञ्चित गराइरहेको कुरा आम सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै गम्भीर भएर समस्या समाधान गर्न गराउन समेत लागि पर्न सरोकारवाला सबैमा अपिल गर्दछौं भन्दै संगठनले उठान गरेका माग तथा समस्या समाधानतर्फ कुनै पहल नै नगरेको र उक्त मागहरु तत्कान पूरा नगरे संगठनले कडा आन्दोलन गर्ने र उक्त आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारिले लिनु पर्ने संगठनले जनाएकाे छ ।
विश्वविद्यालय स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण अग्रज एवं विश्वविद्यालयको सर्वागिण विकास चाहने सरोकारवाला सबैमा सहयाेगकाे लागि अपिल गरेकाे संगठन अध्यक्ष रमेश पन्त हस्ताक्षरित बिज्ञप्तिमा छ ।
बिश्वबिद्धालय कार्यालयकाे मुख्य द्वारमै समाजवादि समेतका अरु बिध्यार्थि संगठन समेतले तालाबन्दी गरेकाे थियाे, यस्ले गर्दा बिश्वबिद्धालयकाे काम काज प्रभाबित भएकाे छ । बिश्वबिध्यालय रजिष्टारले खुलाउन पहल भैरहेकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>