काँग्रेसले कञ्चनपुर १ मा उम्मेदवार टु्ङ्गो लगाएको छ । कञ्चनपुर १ बाट काँग्रेस क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्यय प्रतिनिधि सभा सदस्य चुनाव लड्ने भएका हुन् ।
निर्वाचन क्षेत्र नं. १ बाट उपाध्यय सहित भरत बहादुर विष्ट सहित तीन जना सिफारिश गरिएका थिए । उपाध्यय काँग्रेसमा विद्यार्थी राजनीतिबाट आएका हुन् । काँग्रेसको १४ औैं महाधिवेशनबाट उनी क्षेत्रीय सभापति भएका हुन् । कञ्चनपुर १ मा आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवार सिफारिश गरिएका थिए ।
कञ्चनपुर २ र ३ मा पनि उम्मेदवार टुङ्गो लगाउने छलफल अन्तिम चरणमा पुगेको छ । कञ्चनपुर ३ बाट पूर्व गृहमन्त्री रमेश लेखक र २ बाट पूर्व मन्त्री एनपी साउँदलाई उम्मेदवार बनाउने गरी थालिएको छलफल अन्तिमतिर पुगेको छ ।
काँग्रेस कञ्चनपुरका सचिव भीम भट्टले निर्वाचन क्षेत्र नं. १ मा उपाध्यय उम्मेदवार हुने टुङ्गो लागि सकेको र अन्य दुई क्षेत्र २ मा साउँद र ३ मा लेखक उम्मेदवार हुने लगभग निश्चित भएको बताए ।
‘क्षेत्र नं. १ बाट गोपी उपाध्ययको टुङ्गो लागि सकेको छ, २ र ३ मा टुङ्गो लगाउने गरी माथि छलफल जारी छ, त्यो छलफल लगभग अन्तिम चरणमा पुगेको जानकारी आएको छ’ उनले भने ।
कञ्चनपुर ३ बाट लेखक सहित शंकर बहादुर चन्द र प्रेम बहादुर विष्ट सिफारिश भएका थिए ।
पूर्व मन्त्री साउँद सहित दल बहादुर बोहरा र हरि प्रसाद बोहरा क्षेत्र नं. २ बाट उम्मेदवारका लागि सिफारिश गरिएका छन् ।
काँग्रेस विशेष महाधिवेशनपछि क्षेत्र नं. २ ३ मा उम्मेदवार फेरिने चर्चा व्यापक भएको थियो । क्षेत्र नं. १ का सभापति उपाध्यय आफैं विशेष महाधिवेशनमा सहभागी भएका थिए ।
कञ्चनपुरबाट १२ महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भएका छन् । काँग्रेसभित्र विवादले उम्मेदवारको मनोनयनको अघिल्लो दिन सोमबार पनि काँग्रेस पार्टी कार्यालय सुनसान बन्यो ।
सुनसान पार्टी कार्यालयमा दिउँसो नेपाल प्रेस युनियन आवद्ध पत्रकाहरु पुगेका थिए ।
काँग्रेस जिल्ला सचिव भट्टले सोमबार साँझ जिल्लाभरका काँग्रेस नेता कार्यकर्तालाई आ–आफ्नो क्षेत्रको उम्मेदवारी दर्ता कार्यक्रमा सहभागी हुन सामाजिक सञ्जालबाट आव्हान गरेका छन् ।
सचिव भट्टले पार्टीका सबै तहका नेता–कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघ–संस्था र सम्पूर्ण शुभचिन्तकहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उपस्थित हुन आह्वान गरेका हुन् ।
पार्टी सचिव भिमराज भट्टद्वारा जारी सूचनाअनुसार निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बेलौरीमा दिउँसो ३ः०० बजे, निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बनसमिति क्षेत्रीय पार्टी कार्यालयमा दिउँसो १२ः१५ बजे तथा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जिल्ला पार्टी कार्यालय महेन्द्रनगरमा दिउँसो २ः०० बजे मनोनयन दर्ता कार्यक्रमका लागि उपस्थित हुन आग्रह गरिएको छ ।
लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा रहेको मनोनयन दर्ता कार्यक्रममा व्यापक सहभागिताका लागि कांग्रेस कञ्चनपुरले सबैमा हार्दिक अनुरोध गरेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया