कञ्चनपुर : नेकपा विप्लव निकट संगठन युवा संगठन नेपाल कञ्चनपुरले एमसीसी विरुद्ध उभिन कञ्चनपुरका प्रतिनिधि सभा सदस्यलाई सुझाव पत्र पठाएको छ ।
संगठनको केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्ट, २ का साँसद नर बहादुर धामी, १ का साँसद विना मगर सहित साँदसहरु निरु देवी पाल र बिना बुढाथोकीलाई सुझाव पठाएको हो ।
साँसद भट्टको घरमा पुगेर संगठनको नेतृत्वले उनको परिवार मार्फत सुझाव पठाएका छन् । त्यसैगरी अन्य साँसद सबै साँसदको मेसेन्जरबाट सुझाव पठाइएको छ ।
विप्लव नेतृत्वको नेकपा एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै खारेजीका लागि सडक आन्दोलनमा उत्रिएको छ । सुझाव पत्रमा साँसदहरुलाई राष्ट्रघाती सम्झौता एमसीसीको विपक्षमा उभिनेमा विश्वस्त रहेको उल्लेख गरिएको छ ।
संगठनले बुझाएको सुझाव पत्रको नमुना :
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया