Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन १४ गते शनिबार

नेपालि रुपाैया नाेट बाट आगाे ताप्ने मन छ भने अब याे सुबिधा पाउनुहुनेछ

तपाईंले जाडोको समयमा ब्रिकेट बालेर ताप्नुभयो? खाना पकाउन वा अरू घरायसी प्रयोजनका लागि ब्रिकेट त बाल्नुभयाे  होला तर नोटबाट पनि ब्रिकेट बन्छ भन्ने तपाईंले थाहा पाउनुभएको छैन होला।

यस्तै, तपाईंलाई नोटबाट बनेको ब्रिकेट बालेर आगो ताप्ने मन छ? यदि मन छ भने तपाईंले नोटबाट बनेको ब्रिकेट बाल्न पाउनु हुने भएको छ।

यो समाचार झट्ट पढ्दा पत्यार नलाग्न सक्छ! तर, यो गलत समाचार होइन। पुराना भएका र धुल्याउने क्रममा पुगेका नोटको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले ब्रिकेट बनाउने भएको छ।

केन्द्रीय बैंकले विराटनगर कार्यालयमा बीएसबीएसको शुभारम्भ गरेको छ।

नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको छ। केन्द्रीय बैंकले त्यसलाई बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को नाम दिएको छ।

नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा पुराना नोटलाई धुल्याएर ब्रिकेट बनाउन थालिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सो कार्यको औपचारिक शुभारम्भ गरे।गभर्नर अधिकारीले बीएसबीएस मेसिनको ‘स्वीच अन’ गरेर यसको शुभारम्भ गरेको केन्द्रीय बैंकले जनाएको छ। चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्फत् स-साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गरिनेछ। नेपालमा नोट व्यवस्थापनका लागि नयाँ प्रणाली अवलम्बन गरिएको हो।
गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले बीएसबीसको सुरूआत एउटा महत्वपूर्ण उपलब्धि भएको बताए। बीएसबीएसमार्फत् तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ। बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको गभर्नर अधिकारीले जानकारी दिए।
कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्य नोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे चर्चा गर्दै बीएसबीएसको सञ्चालन प्रक्रिया नेपालका लागि नयाँ भएको बताए। त्यस अवसरमा कोष तथा लेखा नियन्त्रकको कार्यालय, मोरङका प्रमुख परशुराम नेपालले बीएसबीएसको प्रयोगले नोट धुल्याउने पद्धतिलाई आधुनिक बनाएको धारणा राखे।

बीएसबीएस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ। उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन्। पहिलो खण्डले नोटलाई टुक्रयाउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ।

यस्तो ब्रिकेट इँटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजन समेतमा उपयोगी हुने विश्वास लिइएको छ।

थापाथलीस्थित बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने बैंकको योजना छ। ती मेसिन नेदरल्याण्डबाट आयात गरिएको हो।

बीएसबीएसमार्फत् नोट धुल्याउने पद्धतिलाई नीतिगत रूपमा व्यवस्थित गर्ने गरी नोट धुल्याउनेसम्बन्धी प्रचलित नियमावलीमा आवश्यक संशोधन गर्ने प्रक्रियासमेत अघि बढाइएको छ।

सञ्चालनमा ल्याइएको बीएसबीएस प्रणाली वातावरणीय दृष्टिले समेत उपयोगी हुने अपेक्षा राखिएको छ। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>