Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०७९ जेठ ०८ गते आइतबार

शुक्लफाँटा प्रमुखमा एमालेका महरा र उप प्रमुखमा काग्रेसका पन्त ( जाेशी) विजयी ।
विजय पछि माओवादिका प्रतिस्पर्धि उमेदबार नवराज ऐर बधाई दिदै ।

शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमालेका प्रदेश सदस्य  रणबहादुर महरा निर्वाचित भएका छन्। आइतबार सार्वजनिक नगरको मत परिमाणअनुसार मेयरमा महरा निर्वाचित भएका हुन्।

महराले कांग्रेसका चिन्तामणि भट्टलाई ५सय ९ मतको अन्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन्। महराले ६ हजार सात सय ७३ र भट्टले ६ हजार दुई सय ६४ मत ल्याएका छन्। माओवादी केन्द्रका उम्मेदवार नवराज ऐरले ५ हजार दुई सय २५ मत ल्याए।

उपमेयरमा भने कांग्रेकी कल्पना पन्त (जोशी) निर्वाचित भएकी छिन्। गठबन्धनबाट एकीकृत समाजवादीका माधव पन्तलाई एक हजार एक सय ५९ मतान्तरले हराउँदै कल्पना निर्वाचित भएकी हुन्। कल्पनाले ६ हजार पाँच सय १९ मत ल्याउँदा माधवले पाँच हजार तीन सय ६० मत ल्याएका छन्। एमालेकी मोनिका भण्डारी (भट्ट)ले पाँच हजार दुई सय ३६ मत ल्याएकी छिन्।

६७ पदका लागि दुई सय ६६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए।  शुक्लाफाँटामा ३१ हजार चार सय ४८ मतदातामध्ये २२ हजार चार सय ४८ मत खसेको थियो। महरा यसअघि ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए।

प्रतिक्रिया