Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०७९ जेठ १३ गते शुक्रबार

काग्रेसले जित्याे ३२८ पालिका प्रमुख अरुकाे कति ।

देशभरका ७ सय ५३ पालिकामध्ये बाजुराको बूढीगङ्गा नगरपालिकाबाहेक अरु सबैको अन्तिम नतिजा आएको छ । नेपाली कांग्रेसले ३ सय २८ पालिकामा प्रमुख पद जितेको छ । त्यस्तै एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१ वटा पालिकामा प्रमुख पद जितेको छ ।

जनता समाजवादी पार्टीले ३०, नेकपा एकीकृत समाजवादी ले २०, लोसपाले १६, राप्रपा, जनमोर्चा, नागरिक उन्मुक्ति पाटीले ४/४, जनमत पार्टीले २, नेमकिपा, जनता प्रगतिशील, तमलोपा र विवेकशील साझाले १/१ र स्वतन्त्रले १३ पालिकामा प्रमुख पद जितेका छन् ।

कंचनपुरमा काग्रेसले ५ प्रमुख/ अध्यक्ष, ८ उप प्रमुख/ उपाध्यक्ष जितेका छन, एमालेले ३ प्रमुख/ अध्यक्ष , २ उप प्रमुख/ उपाध्यक्ष र  माओवादी केन्द्रले १ प्रमुख जितेकाे छ ।
 ७ सय ५३ वटा पालिकामा ३५ हजार २ सय २१ जना प्रतिनिधि चुन्न गएको वैशाख ३० गते मतदान भएको थियो ।
बुढिगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्णय बिहिबार निर्वाचन आयाेगले गरेकाे छ ।

प्रतिक्रिया