Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०७९ जेठ १५ गते आइतबार

लालझाडि गाउँ कार्यपालिकामा एमाले एकल बहुमतमा । गठबन्धनले आफ्नै मत पाउन सकेन ।

लालझाडि गाउँपालिकाकाे कार्यपालिका गठनकाे निर्वाचन गणतन्त्र दिवसका दिन आज सम्पन्न भएकाे छ । 

पालिकामा अध्यक्ष, उपाध्यक्ष समेत वडा १,२,५ मा एमाले प्यानल सहित बिजय भएकाे थियाे भने वडा ३ र ४ मा माओवादि केन्द्र र वडा ६ मा नेपाली काग्रेसले बिजय प्राप्त गरेकाे थियाे ।
३२ मतदाता रहेकाे पालिकामा एमालेका १७, माओवादिका १० र काग्रेस ५ मत रहेका थिए । यस्ताे अवस्थामा एमाले काे प्यानल संग माओवादि र काग्रेसले प्यानल बनाएर उमेदबारि दिएका थिए ।
जम्मा छ जनाका लागि हुने चुनावमा काग्रेका तर्फबाट दिला चाैधरि १४ मत माओवादिका तर्फबाट गंगादेबि बिश्वकर्मा १४, रेवति ओड महरा१४,शान्ति राना १४, जयराम महर १४ र डम्बर बहादुर सार्कीले १३ मत पाएर पराजित भए  भने एमालेका दिलमाया चाैधरि १८,बसन्ति राना १८, बिन्दु देवि तिरुवा १८, शान्ति सार्की १८, गितादेबि काेलि १९ र दुर्गा देबि कामी १७ मत पाएर बिजयी भएका निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
गठबन्धन संग रहेका १५ मत समेत कुनैपनि सदस्यले प्राप्त गर्न सकेनन ५ जनाले १४ र १ जनाले १३ मत प्राप्त गरेका छन ।
कंचनपुरमा रहेका ९ पालिका मध्ये १ मात्र पालिका लालझडि हाे जस्मा एमालेले एकल बहुमतकाे सरकार गठन गर्न सक्याे । बिगत ०७४ सालमा माओवादिकाे एकल बहुमतकाे सरकार रहेकाे थियाे ।

प्रतिक्रिया