Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
बाजुरा
२०७९ असार ०२ गते बिहिबार

बाजुराकाे बुढिनन्दा नगरपालिकामा चुनावकाे मिती तय ।

 बुढिगंगा नगरपालिकामा स्थगित स्थानीय तह चुनाव असार २३ गते हुने भएको छ । प्रमुख राजनीतिक दलहरु बिच सहमति जुटेको हो ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा एकिकृत माओवादी, नेकपा एसलगायत ६ वटा राजनीतिक दलका प्रतिनिधि, मूख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहितको सहभागितामा मिति तय भएको बताइएको छ

बिहीवार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले २३ गते चुनाव गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताए ।

चुनावको मिति तोक्नका लागि पाँचौ पटक बैठक बसेको हो । वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण पुनः मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो ।

प्रतिक्रिया