Samriddhipost
२०८१ जेठ ०१ गते मङ्गलबार
बाजुरा
२०७९ असार २३ गते बिहिबार

बुढिगंगामा पुन: मतदानमा समेत हवाई फायरकाे अवस्था

बुढीगंगाको त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव भए पछि प्रहरीले हवाई फायर गरेको छ । नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको हो ।

वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको बाजुरामा बिहीबार पुनः मतदानमा समेत तनावग्रस्त अवस्था उत्पन्न भएको छ । बुढीगंगा नगरपालिका-९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना भएपछि करिब १५ मिनेट मतदान स्थगित भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

'केहीबेर विवाद भयो । त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,' अधिकारीले भने, 'करिब १५ मिनेट मतदान स्थगित भयो ।  अहिले पुनः मतदानको अवस्था बनेकाे छ ।

प्रतिक्रिया