Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
बाजुरा
२०७९ असार २३ गते बिहिबार

बुढिगंगा नगरपालिकाकाे स्थानिय चुनाव सम्पन्न ।

बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको दोस्रो पटक तोकिएको समयमा निर्वाचन सम्पन्न भएको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजे बाट शुरु भएर साँझ ५ बजे सम्मपन्न भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले वताएका छन् ।
बुढीगंगा नगरपालिकाको त्रिशक्ति मावि मतदानस्थलमा झडप भएपछि मतदान रोकिएको थियो भने पुःन सूचारु भएको थियो । फर्जी मत खसाएको विषयलाई लिएर दलका कार्यकर्ताहरुबीच विवाद भएपछि दोहोरो झडप भएको थियो ।
एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । वडा अध्यक्षका उम्मेद्धार थापालाई जिल्लामा उपचार हुँन नसके पछि धनगढी रीफर गरीएको छ।
झडपलाई साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका गरी एक सयभन्दा बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि उनीहरुको भूमिका भने प्रभावकारी नभएको भन्दै स्थानीय मतदाताले गुनासो गरेका थिए ।
तर अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । त्रिशक्ति मतदान केन्द्रमा पनि ३५ मिनेट जति मतदान रोकिएर पुन सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले वताएका छन् ।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।
बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ । नगरप्रमुखमा नेपाली काँग्रेस बाट रङ्ग बहादुर खाति र नेकपा एमाले बाट राम बहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातिलाई गठबन्धनको समेत समर्थन रहेको छ ।

प्रतिक्रिया