Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
बाजुरा
२०७९ असार २५ गते शनिबार

बाजुराकाे बुढिगंगामा एमाले ५ वडा जित्दा काग्रेसले १ वडामा खाता खाेल्याे

बाजुराको बुढीगंगामा थप दुई वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा एमाले र ८ मा काँग्रेस उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ८ मा कांँग्रेस उम्मेदवार खडकबहादुर अधिकारी ८५ मतले विजयी भएका छन् ।
अधिकारीले ३५९ मत पाएर विजयी हुँदा एमाले अध्यक्षका उम्मेदवार जमिन रावलले ३०१ मत मात्रै पाएका छन् । वडा नम्बर ८ मार्फत यहाँ काँग्रेसले खाता खोलेको छ । त्यस्तै वडा नम्बर ३ मा एमालेका विराज रावल विजयी भएका छन् ।

रावलले ५२८ मत पाउँदा काँग्रेस उम्मेदवार रमेश बहादुर रावलले २१८ मत पाएका छन् । यहाँ एमाले उम्मेदवार ३१० मतान्तर सहित विजयी भएका छन् । बुढीगंगामा योसहित एमालेले पाँच र काँग्रेसले एक वडा जितेको छ ।

प्रतिक्रिया