Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
बाजुरा
२०७९ असार २५ गते शनिबार

बुढिगंगामा ५ वडा अध्यक्ष सहित एमालेकाे अग्रता काग्रेस पछ्याउदै ।

बाजुराको बूढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मतगणना सकिएको छ । ५० प्रतिशत मत गन्दा नेकपा एमालेले झन्डै दोब्बरको अग्रता बनाएको छ ।  पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले २ हजार ९२५ मत पाएका छन् । नेपाली काँग्रेसका रङ्गबहादुर खाती १ हजार ५६९ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

उपमेयरमा पनि एमालेकै फराकिलो अग्रता छ । एमालेकी मायाकुमारी खड्का कुँवरले २ हजार ८६६ मत ल्याउँदा कांग्रेसकी रिता शाहीले १ हजार ६२३ मत ल्याएकी छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ४ हजार ७६३ मतगणना भएको छ । हालसम्म नतिजा सार्वजनिक भएका छ बटै १,२,८,९ र १०मा एमाले र ८ मा काग्रेस का उमेदबारले वडाध्यक्ष पद जितेको छ। 

प्रतिक्रिया