Samriddhipost
२०८१ जेठ ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०७९ कार्तिक २९ गते मङ्गलबार

बिद्यालयमा ३-५ गते र सरकारि कार्यालयमा ४ र ५ गते सार्वजनिक बिदा ।

सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।

गृहमन्त्रालयले मंगलबार सूचना सार्वजनिक गर्दै आगामी मङ्सिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

मतदानस्थल रहेका शिक्षण संस्था तथा विद्यालयहरु भने मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुनेछन्।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणिको पोखरेलले सार्वजनिक गरेको सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था/विद्यालयहरुमा मंसिर २ देखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने उल्लेख छ।

प्रतिक्रिया