Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष २१ गते बिहिबार

शेयर बजार बिहिवार पनि निरन्तर उकालाे ।

सेयर बजारको उकालो यात्रा आज पनि कायम रहेको छ। बुधबार करिब ६५ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ०९ अंकले बढेर दुई हजार एक सय ४३ दशमलव ९३ विन्दुमा पुगेको छ। 

आज अन्य र बैंकिङ समूहबाहेक अन्य सबै समूहको सेयरमा हरियाली छाएको छ। यसमा पनि होटल, बीमा, माइक्रोफाइनान्स र फाइनान्स समूहको शेयर उच्च अंकले बढेको छ। यसदिन नेप्सेसँगै कारोबार पनि रकममा उल्लैख्य वृद्धि भएको छ। आज २५९ वटा कम्पनीका एक करोड २५ लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब चार करोड रुपैयाँबराबरको कारोबार भएको छ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४३ करोडको सेयर किनबेच भएको छ।  आज चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने मनकामना स्मार्ट लघुवित्त र नारायणी विकास बैंकको सयर सबैभन्दा बढी घटेको छ। 

प्रतिक्रिया