Samriddhipost
२०८१ बैशाख ३१ गते सोमबार
महेन्द्रनगर
२०७९ पुष २८ गते बिहिबार

नेप्से घट्याे ४१ अंकले घट्याे यस्ताे छ बिवरण ।

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ४१ अंकले ओर्लिएको छ । सो अंकको कमीपछि नेप्से २१४९ अंकमा कायम भएको छ । कारोबार रकममा पनि कमी आएको छ ।

अघिल्लो कारोबार दिन कुल ७ अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा बिहीबार ५ अर्ब ४७ करोडमा खुम्चियो । २१ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने एउटाको स्थिर रहृयो । सबैजसो उपसमूह घटेका छन् । बैंकिङ १५, विकास बैंक ९४, फाइनान्स ६८, होटल तथा पर्यटन ८५, जलविद्युत् ५८, जीवन बीमा ३०९, उत्पादन १३९, माइक्रोफाइनान्स ९३, निर्जीवन बीमा २३३ र अन्य उपसमूह २१ अंक घटे । ब्यापार उपसमूह भने १५ अंक बढ्यो ।

बाराही र सिंगटी हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, रिडी पावर, ङादी ग्रुप, अपी पावर, माथिल्लो तामाकोसी क्रमशः अगाडि रहे । यसअघि बैंकर्स एसोसिएसनको बैठकले माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । हाल व्यक्तिगत मुद्दतीमा १२।१३३ प्रतिशतसम्म ब्याज दिएका वाणिज्य बैंकले माघदेखि भने ११ प्रतिशत मात्रै दिनेछन् । त्यस्तै संस्थागतमा ९ प्रतिशत मात्रै दिनेछन् । यसले कर्जाको ब्याजदर समेत घटाउन दवाव पुग्नेछ ।

सामान्यतः ब्याजदर घट्दा सेयर बजार बढ्ने सैद्धान्तिक मान्यता छ । तर बिहीबार भने बजार घट्यो । मुख्यतः अघिल्ला तीन सातादेखि बजार केही माथि उक्लेकाले यतिबेला नाफा बुक गर्नेहरुले आपूर्ति बढाएकाले मूल्य घटेको जानकार बताउँछन् । बजारमा केही दिन करेक्सन आउन सक्ने कतिपयको अनुमान छ ।


#शेयर

प्रतिक्रिया