Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
काठमाडौं
२०७९ फागुन २८ गते आइतबार

बस दुर्घटनामा ६ जना घट्नास्थलमा मृत्यु, ३० जना घाईते ।

मध्यपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुइभिरमा यात्रुबाहक बस दुर्घटना भएको छ । ओखलढुंगाबाट काठमान्डौ जाँदै गरेको बस दुर्घटना हुदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन ।

६ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईते मध्ये ३ जनालाई एम्बुलेन्स मार्फत काठमान्डौ लगिएको छ भने ३ जनालाई हेलिकप्टर मार्फत काठमान्डौ लैजाने तयारी भईरहेको छ ।

बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ९ः१५ तिर राजमार्गको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवि दाहालले जानकारी दिए । उनका अनुसार ब्रेक फेल भएपछि चालकले सुनकोशीमा खस्नबाट रोक्न भित्तामा ठोक्काएको देखिएको छ ।

मृतकको पहिचान हुन बाँकी रहेको छ । शव पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा ल्याउने तयारी भईरहेको छ । अन्य घाईतेहरुको उपचार गोलञ्जोर ७ खुर्कोटमा रहेका सामुदायीक अस्पतालहरुमा भईरहेको छ । दुर्घटनामा परेकाहरुको उद्धार जारी रहेको फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिएकी छिन ।

यात्रुको संख्या एकीन नभएकाले केहि यात्रुहरु बसले चेपिएको हुन सक्ने सम्भावना रहेको छ । घाइतेहरुको उद्धारको लागि स्थानीय र प्रहरी परिचालन भईरहेको छ । बसका सहचालकको घटना स्थलमा नै मृत्यु भएको छ भने चालक सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको विवरण
१. एकराज तामाङ (२०) मोलुङ– ५ ओखलढुंगा
२. तेज कुमारी श्रेष्ठ सिद्धिचरण – ४ ओखलढुंगा
३. खेम प्रसाद दाहाल (३९) सिद्धिचरण – ५ ओखलढुंगा
४. पुकार राई (१२) मानेभञ्याङ ४ ओखलढुंगा
५. अर्पणा राई (१८) मानेभञ्याङ ४ ओखलढुंगा
६. निरु चौधरी (३४) वारा वर्दिया नपा ५, बर्दिया (नेपाली सेना)
७. शान्ता सेञ्चुरी (२१) सोलु जोगु सोलुखुम्बु
८. भानुलक्ष्मी गिरी (२१) सिद्धिचरण नपा १२ ओखलढुंगा
९. एक बहादुर राई (३८) माम्खा ७
१०. लोक बहादुर विश्वकर्मा (४३) मोलुङ ६ ओखलढुंगा
११. राजकिशोर महाराज चमार (४१) रामगोपालपुर ८ महोत्तरी
१२. राजेश राना (३४) भिमान २, तनहुँ (नेपाली सेना ओखलढुंगा व्यारेक)
१३. एलिसा गिरी (१९) कनपा १३, सिन्धुली
१४. ज्योति प्रजापति (२६) सूर्यविनायक ४ भक्तपुर
१५. महेश श्रेष्ठ (४४) महालक्ष्मी नपा १५ ललितपुर
१६. सारदा श्रेष्ठ (४२) महालक्ष्मी नपा १५ ललितपुर
१७. धु्रव भुजेल (२५) रुम्जाटार ४ ओखलढुंगा
१८. दिपा सेर राई (३८) मानेभञ्ज्याङ ६ ओखलढुंगा
१९. भुपेन्द्र धमला (१६) मानेभञ्ज्याङ ७ ओखलढुंगा
२०. ढुण्डीराज सुनुवार (३०) फिक्कल गाउँपालिका सिन्धुली
२१. राजन बस्नेत (२०) रुम्जाटार ९ ओखलढुंगा
२२. प्रदीप सुवेदी (२५) कनपा १३ सिन्धुली
२३. दिलिना राई (५) मानेभञ्ज्याङ ४ ओखलढुंगा
२४. मिसन राई (३) मानेभञ्ज्याङ ४ ओखलढुंगा
२५.लेख बहादुर भुजेल (३५) दुधकुण्ड नपा सोलु लिङ्ला
२६. सुुनिता श्रेष्ठ (१७) सिद्धिचरण ४ ओखलढुंगा


#बस दुर्घटना

प्रतिक्रिया