Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० असोज ०३ गते बुधबार

सशस्त्र प्रहरिले दुई महिनाकाे अवधिमा सिमाबाट अबैध रुपमा भित्रीएका ८१ लाख बढिका सामान पक्राउ ।

कंचनपुर स्थित शैलेश्वरि ३५ नम्बर गण माथहतबाट सिमा क्षेत्रमा खटिई आएका सशस्त्र प्रहरिले ८१ लाख बढिकाे अबैध सामानहरु पक्राउ गरेका छन ।

२०८० साल श्रावण र भाद्र महिनामा कञ्चनपुर जिल्लाको सीमावर्ती क्षेत्रमा अबैध रुपमा भन्सार छली चोरी छुपी नेपाल भित्र्याईएको लत्ताकपडा, मलखाद,  अवैध पशु पन्छी, तरकारी, लगायत सवारी साधनहरु रु. ५४,५७,९२२ मुल्य बराबरका सामानहरु कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाएकाे र १०,९६,१६७ बराबरको 'सामानहरु कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ ।
यस्तै अन्दाजी मुल्य रु १६,०१,०७५ बराबरको सामानहरु बरामद गरी स्थानिय भद्रभलादमीहरु, क्वारेन्टाईन कार्यालयका प्रतिनिधिहरु समेतको रोहबरमा आवश्यक प्रकृया पुर्याई नष्ट गरेको सशस्त्र प्रहरी ३५ नम्बर गणका गणपति प्रेम बहादुर रावले जानकारी दिएका छन ।

सिमामा भन्सार छलेर ल्याउन पाईने सामान मात्र नभएर प्रतिबन्धित सामानहरु समेत तस्करहरुले भित्र्याउने यसै अबधीमा लागुऔषध सहित वेदकाेटका युवाँ गड्डाचाैकि नाकामा सशस्त्रले पक्राउ गरेकाे थियाे । लागुऔषध केसमा दैनिक जसाे  किशाेर र युवाँहरु कंचनपुर क्षेत्रबाट पक्राउ परिरहेका छन ।

प्रतिक्रिया