Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
भारत नयाँदिल्ली
२०८० असोज १२ गते शुक्रबार

भारतको इण्डियन ओयल कर्पोरेसनले पहिलो पटक हाइड्रोजनबाट चल्ने बसको सुरुवात गरेको छ ।
इण्डियन ओयल कर्पोरेसनले यो साताको सुरुवातमा पानी मात्रै निष्कासन गर्ने हाइड्रोजन बसको सुरुवात गरेको हो । पेट्रोलियम पदार्थको प्रयोगलाई विस्तापन गर्ने उद्देश्यसहित यो बसको सुरुवात भएको हो ।
इण्डियन ओयल कर्पोरेसनले ७५ केजी हाइड्रोजनको उत्पादन विद्युतीय र पानीको प्रयोग गरेर गरेको छ, जसलाई भारतको राजधानीमा दुई बसहरुलाई सञ्चालनका लागि प्रयोग गरिनेछ ।
भारतका तेल मन्त्री हरदिप सिंह पुरीले यी बसहरुको उद्घाटन गरेका थिए । उनले हाइड्रोजनले भारतमा परम्परागत रुपमा भइरहेको पेट्रोलियम पदार्थको प्रयोगलाई रुपान्तरण गर्ने बताए ।
इण्डियन ओयल कर्पोरेसनको फरिदाबाद स्थित अनुसन्धान र विकास (आर एण्ड डि) केन्द्रले अहिले ग्रिन हाइड्रोसनको उत्पादन गरिरहेको छ ।
३० केजीको क्षमता भएका चार हाइड्रोजन सिलिण्डरको प्रयोगबाट बसले ३५० किमिको दूरीसम्म चल्न सक्ने बताइएको छ । चारैवटा सिलिण्डर भर्नका लागि १० देखि १२ मिनेट मात्रै समय लाग्छ ।
हाइड्रोजनलाई इन्धनका रुपमा प्रयोग गर्दा बाइप्रोडक्टका रुपमा पानीको मात्रै उत्पादन हुन्छ । उर्जाको क्षमतामा पनि अन्य इन्धनको तुलनामा तीन गुणा रहेको र वातावरणलाई हानी गर्ने किसिमका प्रतिउत्पादनहरु नहुने भएकाले हाइड्रोजन क्लिन इनर्जीका रुपमा मानिन्छ ।

 

प्रतिक्रिया