Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० कार्तिक १४ गते मङ्गलबार

सिमाक्षेत्रबाट शसस्त्रले समात्याे तस्करिका सामान, बजारमा अबैध सामानकाे बिगबिगि ।

कंचनपुरमा सशस्त्र प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार चोरीछलीको लाखौँका अवैध समान बरामद गरेको छ । 

सशस्त्र प्रहरीले जिल्लाका विभिन्न स्थानबाट साेमबार व्यवसायिक समान बरामद गरेको हो । 

सशस्त्र प्रहरी बलले जिल्लाका विभिन्न स्थानबाट भारतबाट चोरी तस्करीका साईकलका सामान, गुण, चिनि, मिश्री, ब्यालुन, बेल्ट, चप्पल, जुत्ता लगायतका समान बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण मातहत रहेका बिओपी तथा प्रतावित सीमा सुरक्षा गुल्मले बरामद गरेर भन्सार चलान गरेको यसपि प्रेम रावलले जानकारी दिनु भएकाे छ ।

सिमा क्षेत्रबाट यसरि अबैध सामान भित्रिएपछि बजारक्षेत्रमा अधिकाँस सामान अबैध भेटिरहेका छन । यसरी अबैध सामान भित्रिदा प्रहरिले बिभिन्न पसलहरुमा छापा हान्ने सामान बरामद गर्ने काम गरिरहेकाे छ ।

प्रतिक्रिया