Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० कार्तिक २१ गते मङ्गलबार

महाकालीले बगाएको सिमा स्तम्भ १० बर्ष सम्म भएन स्थापित, भारतले सिमामा मनाेमानि गर्दै

महाकाली नदिले सिमा स्तम्भ बगाएको १० बर्ष सम्म सम्म स्थापित गर्न सकेकाे छैन । कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका वडा नम्बर ११ चौकीसोता स्थित पर्ने नेपाल-भारत सिमा स्तम्भ नम्बर ८०५ नदिमा आएकाे बाढिले २०७०अषाढ २ गते बगाएको थियो ।

उक्त सिमा स्तम्भ संगै महाकाली जनज्योती प्राविको भवन, मन्दिर, चौतारो लगायत अन्य व्यवसायीक संरचना समेत बगाएर लगेको थियो । विद्यमान अवस्थामा नेपाल-भारत सीमानामा पर्ने मुख्य स्तम्भ विस्तापित भएको १० वर्ष सम्म पनि सरोकारवालाको ध्यानाकर्षण नहुनु दुःखद् विषय भएकाे भन्दै स्थानिय युवाँ तेज रावत, गिता ओली, माधबी भट्ट, प्रेम चन्द, प्रकाश भट्ट, आनन्द सिह धामी लगायतले कंचनपुर प्रमुख जिल्ला अधिकारी मार्फत परराष्ट्रमन्त्री लाई ज्ञापनपत्र बुझाएका छन ।

ज्ञापनपत्रमा राष्ट्रिय गौरवको परियोजनाको चार लेनको सडक पश्चिमको भूभाग भारतले आफ्नो हो भनी दाबी गरी सीमा मिच्ने आशंका र डर स्थानीयहरुमा छ । त्यसकारण यथाशिघ्र उक्त स्थलको निरीक्षण तथा आवश्यक समन्वय गरी नेपाल भारत ८०५ नम्बरको मुख्य स्तम्भ पुर्नस्थापना गर्न हार्दिक अनुरोध गर्दछाै उल्लेख छ ।

यस्तै कञ्चनपुरको पश्चिम सिमानाका  गड्डाचौकी नजिक ८०५ /१ (७) नम्बर पिलर क्षेत्रबाटै भारतले सडक कालोपत्रे गर्ने । नेपाल तर्फ सडकमा खाल्डाे पर्दा ग्राभेल समेत राख्न अबराेध गर्ने गरेपछि मंगलबार नेपाली पक्षले बिरोध जनाएका छन् ।

भारतीय पक्षले गत सातादेखि नेपाल भारत कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकी स्थित ८०५/१(७)नम्बर पिलर क्षेत्रबाटै सडक कालोपत्रे गरेकाे छ। सडक चौडा बनाएर कालोपत्रे नै गरेको पाईएको छ ।

सीमावर्ती नेपाली भूभाग क्षेत्रमा नेपालबाट सडक निर्माण, मर्मत गर्दा भारतीय पक्षले अनेकन बाधा अडचन गर्ने तर आफुले दशगजा मिलेर सीमापिलरसम्मै कालोपत्रे गर्ने भन्दै बिरोध जनाएका हुन् । आफ्नो सिमामा भएको मिचाई विवादलाई सम्बन्धीत पक्षले चासोका साथ हेरिनु पर्ने स्थानिय तेज रावतले बताए ।

नेपालले आफनै भुमीमा केही बनाउन खोज्यो भने भारतिय एसएसबीले रोक्ने विवाद गर्ने अवरोध गर्ने आफनो क्षेत्रमा विकास गर्ने सडक बनाउँने कार्य ठिक नभएको उनले बताए ।

गत असारमा सोही क्षेत्र सीमावर्ती सडक हिलाम्मे भएपछि भीमदत्त नगरपालिका ११ नम्बर वडाले ग्राभिल हाल्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले बताए । सीमा क्षेत्रमा नेपाली पक्षले आफ्नै भूमिमा संरचना निर्माण गर्दा अवरोध गर्ने अनि दशगजा र सीमा पिलर क्षेत्रमै पुगेर सडक कालोपत्रे कार्य निन्दनिय भएको उनले बताए ।

‘हामीले गत असारमा यात्रुको समस्यालाई मध्य नजर गर्दै पिलरदेखि उत्तरतर्फ नेपाल जाने सडकमा ग्राभिल हाल्ने क्रममै भारतीय पक्षबाट अवरोध गरिएको थियो, ‘उनले भने, ‘आज आएर भारतीय पक्षले एकलौटी रुपमा सडक फराकिलो सहित कालोपत्रे गरिरहेको यस स्थानीय प्रशासनलाई मतलब नै छैन् ।’ स्थानीय युवा क्रान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरका नेता दिपेन्द्र सिह ऐरीले भारतीय पक्षले नेपाली भूमिमाथि गर्दै आएको हस्तक्षेपको निरन्तरता भएको बताए ।

उनले सीमा जस्तो सम्बेदनशिल क्षेत्रमा भारतीय पक्षबाट खुलेयाम सडक कालोपत्रे हुने र अनि नेपाली पक्षबाट आफ्नै भूमिका संरचना बनाउँदा अवरोध गर्ने भारतीय प्रवृति हस्तक्षेपको उपज भएको बताए । यस्ता राष्ट्रियताका विषयमा सबै दल नागरिक एकजुट हुनुपर्ने उनको सुझाव छ । भीनपा ११ भुजेलाकै स्थानीय तेज रावलले समेत सीमा पिलरदेखि नै कालोपत्रे गर्ने कार्य भारतीय पक्षले बलमिच्याई गरिरहेको भन्दै यसरी सीमा दशगजा क्षेत्रमा कालोपत्रे गर्ने कार्य गर्न नहुने बताए ।

उनले नेपाल सरकार, स्थानीय प्रशासनसंगको अनुमती बिनै उक्त कार्य गर्न नहुने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले पहिलाकै सडक मर्मत गरेको वा नयाँ बनाएको बारेमा थप बुझ्ने बताए । ‘हामीलाई भारतीय पक्षले पुरानै सडक मर्मत गरेको बारे सशस्त्र प्रहरी मार्फत जानकारी आएको छ, ‘प्रजिअ अधिकारीले भने, ‘नयाँ मर्मत वा निर्माण गरेको बारे थप बुझ्छौँ ।’

प्रतिक्रिया