Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० कार्तिक २५ गते शनिबार

सिमा स्तम्भ बगेकाे दस बर्षसम्म भएन निर्माण, स्थानियले ज्ञापन दिएपछि अनुगमन र मुचुल्का

सशस्त्र प्रहरी बलले भुजेलास्थित सीमा क्षेत्रको अनुगमन गरेको छ । महाकाली नदीले बगाएको सीमा स्तम्भको अनुगमन गरेर सशस्त्र प्रहरीले मुचुल्का तयार गरेको हो ।

२०७० साल असार २ गते महाकाली नदीमा आएको बाढीले नेपाल–भारत सीमा क्षेत्रको रहेको ८०५ नम्बरको मुख्य पिल्लर बगाएको थियो । उक्त स्थानका पिल्लरको अहिलेसम्म समेत स्थापना हुन सकेको छैनन्  ।

दशबर्षदेखि सीमा स्तम्भ नराखिएको भन्दै स्थानीय तेज रावत, गिता ओली  लगायतले प्रमुख जिल्ला अधिकारी मार्फत परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएको केही दिनपछि सशस्त्र प्रहरीले उक्त क्षेत्रको अनुगमन र मुचुल्का तयार पारेकाे हाे ।

लामो समयदेखि मुख्य सीमा स्तम्भ नराखिदा सीमा मिचिने जोखिम निकै बढेको स्थानीयको भनाई छ । सरकारले सोही सीमा नजिकैबाट राष्ट्रिय गौरबको आयोजना बनाईरहेकाे छ ।

महाकाली नदीमा चार लेनको पक्की पुल बन्नुका साथै उक्त क्षेत्रका सुख्खा बन्दरगाह समेत बन्दैछ । तर पनि सरकारले मुख्य सीमा स्तम्भ नै बाढीले बगाएको यतिका वर्षसम्म समेत बनाउन नसकेको रावतको भनाई छ ।

सशस्त्र प्रहरी कंचनपुर प्रमुख यश पि  (शैलेश्वरि गणका गणपति ) प्रेम रावलले सिमामा गर्नुपर्ने कामहरु नियमित गरिराखेकाे, स्थानियले सरकारलाई ज्ञापन र हेलाे सरकारमा जाहेर गरेपछि थप अनुगमन र मुचुल्का गरेकाे बताएका छन । 


#सिमा अनुगमनमा सशस्त्र

प्रतिक्रिया