Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० मङि्सर २५ गते सोमबार

कञ्चनपुरको बेलौरी नगरपालिका-१० शिवनगरस्थित महाकाली सुगर मिल पुगेका किसानहरु आन्दोलित भएका छ्न् । उखु काटिसकेपछि स्थानीय किसानहरुलाई पर्ची नदिएको भन्दै किसानहरु आन्दोलित भएका हुन् ।

बिना पर्ची उखु मिलमा ल्याउनेको ट्रली मिलले साइड राख्दा विवाद उत्पन्न भएको हो । काटेको उखु खेतमा सुकिरहेको तर मिलले पर्ची दिन ढिलाइ गरिरहेको किसानहरुले बताएका छन् । सिमावर्ती क्षेत्रबाट उखु नेपाल भित्रने गरेको र स्थानीय किसानहरुलाई पर्ची नदिई व्यापारीहरुलाई पर्ची दिएको उनीहरुको आरोप छ ।

महाकाली उखु मिलमा अहिले उखु तौल भइरहेको छैन । किसान आन्दोलित भएपछि प्रहरी चौकी भुडाबाट प्रहरी खटिएको छ ।

उखु मिलले आज र भोलि किसानका नाममा पर्ची नकाट्ने जनाएपछि पर्ची बिना उखु लिएर आएका उखु किसानलाई बाहिर लगाइएको थियो । मिल बाहिर सयौँ ट्रली हुँदा सडकमा जाम लागेको छ ।

प्रतिक्रिया