Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० मङि्सर ३० गते शनिबार

ललाई फकाई भारत बाट जिमुवा पुगाईएकि किशाेरिकाे उद्धार

माइती नेपाल कञ्चनपुरले एक भारतीय बालिकाको भी.न.पा. १० जिमुवा बाट उद्धार गरेको छ । भारतको पिथौरागढ जिल्ला, मजिर काँडा गांउ , उत्तराखण्डकी बर्ष  अन्ताजी १५ की सोनाली कुमारी (नाम परिवर्तन) को उद्धार गरिएको छ् ।

सोनाली एक हप्ता अघि घर बाट एक्कासी बेपत्ता भएका थिईन । सोनालीका अभिभावकले छरछिमेक, आफन्त, नातेदार तथा सम्भावित सबै स्थानमा खोजी गर्दा पनि नभेटे पछि स्थानीय प्रहरी र बिभिन्न संघ–संस्थाहरुमा खोजतलासका लागि निबेदन दिएका थिए । सिमावर्ती भारतीय शहर पिथौरागढमा थुप्रै नेपालीहरु काम गर्ने भएकाले सोनालीलाई नेपाल पनि ल्याईएको हुनसक्ने आशंकामा भारतीय प्रहरी र संघ–संस्थाले खोजतलासमा सहयोगका लागि माईती नेपाल कञ्चनपुरलाई आग्रह गरिएको थियो ।

माईती नेपाल कञ्चनपुरले आफ्नो नेटवर्क मार्फत शंकास्पद क्षेत्रबाट सुचना संकलन र प्रमाणीकरण गरे पछि जिल्ला प्रहरी कार्यालय सितको समन्वय र सहकार्यमा भीनपा– १० जिमुवाको एक जना टमाटा थरका ब्यक्तिको घरमा छापा हानेर बालिकाको सकुशल उद्धार गरेको छ् । सोनालीलाई पिथौरागढको एक होटलमा काम गर्ने लक्ष्मण टमाटाले ललाई फकाई जिमुवा बस्ने आफ्नो ठुलो बुवाको घरमा लुकाई राखेको थियो । उद्धार पछि बालिकालाई पारिवारिक पुनर्मिलनका लागि मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कार्यरत भारतीय संस्था रिड्सको जिम्मा लगाई पठाएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जनाएको छ ।

प्रतिक्रिया