Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० पुष ०५ गते बिहिबार

अनावश्यक दुख दिएकाे भन्दै स्वराेजगार युवाले नगरपालिकामा फाले तरकारि

भीमदत्त नगरपालिकाका नगर प्रहरीले अनावश्यक दुःख दिएको भन्दै तरकारी व्यवसायीले नगरपालिका कार्यालयमा तरकारी फालि दिएका छन् ।

नगर प्रहरी कार्यालयमा तरकारीको ठेला लगेर भीमदत्त नगरपालिका १ का हरिदत्त भट्टले सबै तरकारी कार्यालयमा फालेका हुन् । नगरपालिकामा तरकारी फाल्दा उनले नगरपालिकाले आफ्नो परिवार पाल्नु पर्ने भन्दै आक्रोश पोखेका छन् । 

बिहीबार दिउँसो भीमदत्त नगरपालिका –१ का हरिदत्त भट्ट तरकारी बेच्न महेन्द्रनगर बजार गल्ली न.१ देखि माहाकाली अस्पतालको बाटो गइरहेका थिए । भट्टका अनुसार बाटोमा ठेला लिइ हिन्न र कुनै चिज बस्तु बेच्न नपाउने भन्दै नगर प्रहरीले आफ्नो २० हजार बराबरको तरकारी नगरपालिकामा ल्याएको हुन् ।

नगरपालिका अगाडि तरकारी फालिएको थियो । अहिले भने नगर प्रहरिले भुइमा फालिएको तरकारी अन्यत्र लगेको छ । नगर प्रहरीले भने व्यापारीमाथि दुव्र्यवहार नगरेको बताएको छ । तरकारी बेच्ने समय ठाउँ निर्धारण गरेका छौ ,बिहान १० बजे सम्म निश्चित तोकेको ठाउमा पुर्याउनु पर्छ ’ नगर प्रहरी इन्चार्ज सुरेन्द्र बोहराले भने ’कार्यालय समयमा बजार वरपर बेच्न नपाउने भनेका छौ ’ओपेरा चोक ,जिप्रका चोक ,ट्राफिक चोक र इको पार्क आसपासमा बेच्न सकिन्छ । ’

भिमदत्त नगरपालिकाको कार्यालय अघि ठेलामा तरकारी बेचिरहेका भट्टबाट नगर प्रहरीले तराजु लगायत अन्य समान नगरपालिका लिएर आएको त्यही रिसमा उनले पालिका अगाडि यस्तो व्यवहार गरेको अह्य बोहराले बताए ।

नगर प्रहरीले भने बजार क्षेत्रमा नगरपालिका भित्रमा ठेलामा तरकारी ,फलफुल बेच्ने व्यवसाय बाट ५० रुपैयाँ देखि १ सय ५० रुपैयाँ शुल्क उठाउने गरेको छ ।

प्रतिक्रिया