Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० पुष १८ गते बुधबार

राष्ट्रिय सभाका लागि माओवादि सुदुरपश्चिम बाट काे काे भए सिफारिस

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि २१ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।

माओवादी केन्द्रको प्रदेश कार्यालयका सचिव उद्धव भट्टराइका अनुसार खुलातर्फ ९ तथा अपाङ्गता र महिलाबाट ६/६ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको हो। माओवादीले प्रदेशबाट खुलातर्फ देवराज रेग्मी (बझाङ), टीकाराम जैसी (कैलाली), दीपक साउँद (अछाम), देवीलाल चौधरी (कञ्चनपुर), लालबहादुर सोडारी (कैलाली), लक्ष्मणदत्त जोशी (दार्चुला), दुर्गा अधिकारी (कैलाली), गोविन्द तिमिल्सिना (कैलाली) र लोकेन्द्र लम्साल (कञ्चनपुर) को नाम सिफारिस गरेको छ। खुलातर्फ रेग्मी, जैसी र जोशीमध्ये एउटाले टीकट पाउने छन्।

त्यस्तै अपाङ्गतातर्फ गम्भीर थापा (बझाङ), जितबहादुर करिया (कञ्चनपुर), प्रेम बयक (कैलाली), दीपेन्द्र रावल (अछाम), जंगबहादुर बिक (डोटी) र संजय कट्टेल (बाजुरा) को नाम सिफारिस गरिएको छ। महिलातर्फ रेनु चन्द (बैतडी), सरु चौधरी (कैलाली), मोतीकला चलाउने (अछाम), अञ्जिता श्रेष्ठ (डोटी), लिला कुँवर (दार्चुला) र बिमला सिंह (कैलाली) को नाम सिफारिस गरिएको माओवादी प्रदेश कार्यालयले जनाएको छ।

प्रतिक्रिया