Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० पुष २२ गते आइतबार

आहाराको खोजीमा दोधारा चाँदनीको बिभिन्न बस्तीमा पस्न थाले निलगाँईको हुल

निलगाईले बालीनाली सखाप पारेपछि दोधारा चाँदनी नगरपालिकाका किसान हैरान भएका छन् । दोधारा चाँदनी नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा भारतिय जंगल संग जोडिएको बस्तीहरुमा निलगाईले गहुँवाली नष्ट गर्न थाले संग स्थानिय किसानहरु हैरानी खेप्नु परेको हो ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा दैनिक रातीको समयमा हुल बाँधेर आउने निल गााईले गहुँ खेती, तरकारी खेतीलाई निसाना बनाएको छ् । भारतिय जंगलबाट आएको दर्जनौं संख्यामा रहेका निल गाईले जुन खेतमा पस्छन् त्यस खेतको पूरै बाली नाश पार्दै हिडेका स्थानियहरुले बताएका छन् । जंगली हात्तीले किसानहरुको खेती नष्ट गर्दै आएको दोधारा चाँदनी– ३ बडवाल टोलमा अहिले आएर निल गााईले खेतीपाती नष्ट गर्न थालेपछि किसानहरु पिडा थपिएको छ् ।

निल गाई धपाउन स्थानियहरु राभरी जाग्रम बस्दै आएको स्थानियबासी महाविर क्षेत्रीले बताएका छन् । नील गाईले मेहनत गरि लगाएको बाली खान थालेपछि किसान चिन्तित बनेका छन् । निल गाईले गहुँ, तरकारी तथा तेल बालीलाई निसाना बनाएको छ् । दर्जनौं संख्यामा रहेका गाईले जुन खेतमा पस्छन् त्यस खेतको पूरै बाली नाश पार्दै हिडेका स्थानियबासी महाविर क्षेत्री बताउछन् । ‘कतिपय बाली त, निल गाईले कुल्चेर पनि नष्ट गर्छ’ महाविर क्षेत्री भन्छन् । केही दिन अघि हात्तीको आहारा बनेको बडवाल टोलको खेती वाली अहिले आएर निलगाईको आहारा बनेको छ् । जंगलहरुमा आहारा नपाउदा दोधारा चाँदनीको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा भारतिय जंगल संग जोडिएको बस्तीहरुमा निलगाई आहाराको खाजीमा आउने गरेको स्थानियहरु बताउछन् ।

आजभोली दिनमै आएर बाली खान थालेको अर्का स्थानियबासी गिता क्षेत्रीले बताएका छन् । ‘दर्जनौंको संख्यामा झुण्ड बनाएर आउने निलगाई जुन खेतमा पस्छन् त्यो खेतको पूरै बाली सखाप नै पार्छ्’ गिता क्षेत्रीले भनिन् – ‘कतिपय बाली त खुट्टाले किचिएर नै नष्ट हुन्छ ।’ उनका अनुसार केही दिन अघि मात्रै हात्तीले आतंक मच्चाएको बस्तीमा अहिले आएर नीलगाईले खेती खाएर आतंकनै मच्चाएको छ्’, गिता भने, ‘हुल बाँधेर आएको निलगाई मानिस देख्ने बित्तिकै भाग्छ् । एक/दुई वटा भए त लखेटेर भगाउन मिल्थ्यो । दर्जनौं संख्यामा आएका छन् ।’ गिता क्षेत्रीले भनिन् । भारतिय जंगल संग जोडिएको दोधारा चाँदनी– ७ कञ्चनभोज बस्तीमा पनि निलगाईले वाली खाएर नष्ट गर्दै आएको स्थानिय युवा रामसिंह खड्काले बताएका छन् । रातीको समयमा एउटा झुण्डलाई धपाउदा अर्को खेतमा आइपुग्ने गरेको उनले सुनाए ।

वर्ष भरि मिहिनेत गरेर उब्जाएको बाली एक रातमै आएर सखाप पार्दा बिचल्ली भएको स्थानियबासी रामसिंह खड्काले भनाई रहेको छ् । ‘गहुँ बाली पूरै खाइदिएको छ् । बालीनाली नष्ट हुदा किसानको लगानी समेत उठ्ने अवस्था छैन’, रामसिंह खड्काले भने– ‘वर्ष भरिको मिहिनेत खेर जाँदा किसानको जिवन कष्टकर बनेको छ् ।’ दोधारा चाँदनी नगरपालिकाको बडुवाल टोल, कञ्चनभोज, संसारी टोल लगाएत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा भारतिय जंगल संग जोडिएका बस्तीहरुमा आहिले आएर निलगाईले किसानहरुले लगाएको अन्नवाली नष्ट गर्दै आएको छ् । वन्यजन्तुका कारण खेतीबाली सहित ज्यानकै जोखिम बढेको भन्दै यसको नियन्त्रणको लागि स्थानीयवासीको माँग राख्दै आएका छन् ।

प्रतिक्रिया