Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० पुष २८ गते शनिबार

भन्सार छलीका प्याज, माछा लगायत अबैध सामान बरामद

धनगगढीको एक स्टोरबाट भन्सार छलीका प्याज बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका-४ दक्षिणकाली सब्जिमण्डी नजिकै माँ–गिरीजा स्टोरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख २७ हजार मूल्य बराबरको प्याज बरामद गरिएको हो। प्याजसहित धनगढी-२ शिवरत्नपुरका २७ वर्षीय धर्मेन्द्र चौधरीलाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुल्दीप चन्दले जानकारी दिए।

यसैगरी धनगढी उपमहानगरपालिका-२ बालुवा घाटबाट भन्सार छलीका अन्दाजी  १३ हजार ३ सय ८० मूल्य बराबरको चिनी, बिडी, आन्टी, भुजा, सिसाकलम लगायतका सामान बरामद गरिएको छ। साथै धनगढी-२ ट्राफिक चौराहबाट अन्दाजी ८ हजार ४ सय मूल्य बराबरको प्याज, नरिवल, हरियो मटर, मिठाई, फेसवास लगायतका सामान र भजनी नगरपालिका-५ लालबोझीबाट अन्दाजी ४२ हजार ५ सय मुल्य बराबरको दरी र मोटरसाईकल १ एक थान बरामद गरिएको चन्दले बताए। शुक्रवारको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिएको हो।

यसैगरि सशस्त्र प्रहरी सिमा  सुरक्षा गुल्म गड्डाचाैकिले आठ हजार मूल्य बराबरका भारतिय माछा बरामद गरि नष्ट गरेकाे छ ।

प्रतिक्रिया