Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० माघ ०२ गते मङ्गलबार

कंचनपुर एन-प्याब्सन खेलकुद महाेत्सव भाेलिबाट महेन्द्रनगरमा हुने तयारि पूरा ।

राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एशोसिएसन नेपाल (एन–प्याब्सन) कञ्चनपुरले भाेलिदेखि १६ औं एनप्याब्सन खेलकुद महोत्सव आयोजना गर्दैछ । त्यसका लागि एन प्याब्सनले सबै तयारी अन्तिम चरणमा पुगाएको छ ।

कोरोना महामारीका कारण २०७५ पछि स्थगित खेलकूद महोत्सव यस यस वर्ष पाँच वर्षपछि हुन लागेको हो । महोत्सवमा एन प्याब्सन आवद्ध पाँच दर्जन विद्यालय सहभागी हुने अपेक्षा गरिएको छ ।

बुधबार खुला मञ्चमा महोत्सव उद्घाटन गर्ने कार्यक्रम बनाइएको छ । खुला मञ्चमा उद्घाटनपछि महोत्सवका सबै खेल कबर्ड हलमा हुने तयारी गरिएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य रमेश लेखकले महोत्सव उद्घाटन गर्ने छन् । कार्यक्रममा एन प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने सहित पदाधिकारी र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्व सहभागी हुने भएका छन् ।

एन प्याब्सनले अध्यक्ष झंकराज जोशीको नेतृत्वमा महोत्सवको तयारी अघि बढाएको छ । महोत्सवका आयोजनाका लागि मूल समिति सहित विभन्नि समितिहरु तयारीमा लागेका छन् । एन प्याब्सन सचिव बलदेब भट्ट महोत्सव संयोजक छन् ।

एन प्याब्सन कञ्चनपुरका अध्यक्ष एबम् महोत्सव तयारी मूल समितिका संयोजक झंकरराज जोशीले विद्यार्थीहरुलाई पठनपाठन बाहेक खेलकूद लगायतका अतिरिक्त क्रियाकलापबाट प्रतिभा बाहिर ल्याउन र सदस्य विद्यालयहबीच आपशी भाईचारा र सम्बन्ध बलियो बनाउन महोत्सव आयोजना हुने गरेको बताए ।

‘यसबाट एनप्याब्सन आबद्ध विद्यालयको शैक्षिक एवम् अतिरिक्त क्रियाकलाप लगायत विविध क्षेत्रको उन्नति र प्रगतिमा टेवा पुग्ने विश्वास लिएको छौं’ सोमबार एन प्याब्सनले महोत्सव आयोजना सम्बन्धि जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ।

महोत्सव तीन दिनसम्म चल्ने तालिका बनाइए पनि समय अभाव दिन थपिन सक्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा एन प्याब्सनका केन्द्रिय सदस्य सत्येश बहादुर, महोत्सव संयोजक एबम् जिल्ला सचिव बलदेब भट्ट, एन प्याब्सन सुदूरपश्चिम प्रदेश सचिव बीर बहादुर चन्द, डिल्लीराज खरेल, एन प्याब्सन सह सचिव नरेन्द्र सिह महता लगायतका सहभागी भएका छन् ।

पत्रकार सम्मेलनमा एन प्याब्सन केन्द्रीय सदस्य चन्दले एन प्याब्सनले महोत्सवलाई विद्यार्थीको सर्वाङ्गिण विकासका लागि आयोजना गर्दै आएको बताए ।

प्रतिक्रिया