Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० माघ ०५ गते शुक्रबार

दार्चुला बस दुर्घटना अपडेट घाईतेहरुकाे नामावली सहित

दार्चुला देखि महेन्द्रनगरका लागि छुटेको सू.प्र.प्र.०२ ००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका वडा नं -५ महाकाली नदि किनार डम्पिङ साईड नेर बिहान करिब ६ बजेतिर दुर्घटना भएको थियो। बस सडकबाट २० मिटर तल खसेको थियो भने बसमा सवार १४ जना यात्रीहरु घाईते भएको र सबैको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना के कारणले भए भन्ने यकीन भइसकेको छैन् प्रारम्भिक सोधपुछ अनुसार गाडिको अगाडी र पछाडी का पट्टाहरु टुटेको कारण दुर्घटना भएको बताईएकाे छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ।

घाइतेहरुको नाम ठेगाना:
१- निरुता ओड, महाकाली -१ दार्चुला (१९)
२- नरेन्द्र धामी , कैलाली (४०)
३- दिल बहादुर बम, दुहुँ-५ दार्चुला (५२) - रेफर
४- परमानन्द भट्ट, व्याँस-४ दार्चुला (५४)
५- पशुपति देवि टमटा, व्याँस गाउँपालिका -४ दार्चुला(६२)
६- महेश ढाट, कृष्णपुर -३ कन्चनपुर (५२)
७- कमला बम , दुहुँ -५ दार्चुला (२३)
८- लाल सिहं कार्की, महाकाली -१(३१)
९- लक्ष्मण महरा,खोड्पे बैतडी- (१७)
१०- भरत धामी, अपि हिमाल -३ दार्चुला (१७)
११- प्रशान्त पौडेल, दशरथचन्द नपा -४ बैतडी(२२)
१२- हरक सिंह कार्की, दुहु -३ दार्चुला (३५)
१३- जगत सिंह कार्की मनपा-१ दार्चुला (३९)
१४- तारा दत्त ओझा, मेलौली गापा - ६ बैतडी(३८)

प्रतिक्रिया