Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० माघ १२ गते शुक्रबार

मल सहितकाे भारतिय माेटरसाईकल सशस्त्र फन्दामा

भारत बाट नेपाल तर्फ तस्करि गरिरहेकाे रासायनिक मल सहितकाे माेटरसाइकल सशस्त्र प्रहरीकाे फन्दामा परेकाे छ ।
बिहिवार दोधाराचाँदनी३ स्थित पुर्णागिरीघाट सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड बेश बडुवालटोल कञ्चनपुरबाट खटिई गएको गस्ती टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याई रहेको भन्सार मुल्य रु ६३००० बराबरको तिन बोरा युरिया मल र उक्त मल बोक्न प्रयोग गरिएको भारतिय नम्बरको मोटर साईकल थान १ सहित बरामद गरी आवश्यक कारबाहिका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा दाखिला गरिएको छ।

प्रतिक्रिया