Samriddhipost
२०८१ बैशाख ३० गते आइतबार
महेन्द्रनगर
२०८० माघ १३ गते शनिबार

मुख्यमन्त्री कप भलिवल खेल्न सबै टिम महेन्द्रनगरमा १ बजे उद्धाटन हुने

महेन्द्रनगर खुला मञ्चमा भाेलिदेखि सुरु हुने तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सहभागी तीन विभागीय सहित १०टीम महेन्द्रनगर पुगेका छन् ।

खुला मञ्चमा दिउँसो १ बजेदेखि प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम बनाइएको छ । कञ्चनपुर जिल्ला भलिब संघका सचिव उत्तम विष्टले गण्डकी र लुम्बिनीको टीम पनि महेन्द्रनगर पुगेकाे बताए ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विभागीय सहित सात प्रदेशका सात गरी १० टीम प्रतियोगितामा भाग लिन लागेका छन् । ती सबै टीमलाई होटेल ओपेरा र सिद्धार्थमा बसोबासको व्यवस्था गरिएको छ ।

सुदूरपश्चिम खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघसित सहकार्य गरी प्रतियोगिता आयोजना गरेको हो । यस अघिका दुई प्रतियोगिता धनगढीमा भएका थिए ।

प्रतियोगिताको विजेता टिमलाई नगद ४ लाख, उप विजेता दुई लाख र तेस्रोलाई एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान पाउने छन् । चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ ।

यसैगरी सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया