Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० माघ २१ गते आइतबार

भिमदत्तका २ युवा भारतकाे बनवसामा पक्राउ ।

महेन्द्रनगर निकटवर्ती भारतीय बजार वनवसामा ठूलो मात्रामा लागू औषध सहित २ नेपाली पक्राउ परेका छन् । वनवासा स्थित मलेरिया नाला बैराज बन्दा मार्गबाट ठूलो मात्रामा लागू पदार्थ सहित २ जना नेपाली कारोबारी पक्राउ परेका हुन् । शनिबार जनपद चम्पावतको वनवासा क्षेत्र अन्तर्गत थानाका हेड कन्स्टेबल गणेशसिंह बिष्ट र जगविर सिंह नेतृत्वको संयुक्त टीमको चेकजाँचको क्रममा ६०० (३००/३०० रैक्सोजैसिक र फैनारगन) इन्जेक्सनसहित २ जना लागूपदार्थका कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१८ का २६ वर्षीय राहुल सुनाम र वडा नम्बर १८ का २८ वर्षीय सूर्यविक्रम शाह रहेका छन् ।

आरोपीहरूले प्रयोग गरेको म २ प २३७ नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिई सिज गरिएको भारतीय प्रहरीले जनाएको छ । पक्राउ परेका राहुल सुनामको साथबाट १७० रैक्सोजैसिक इन्जेक्सन, १७० फैनारगन, ३.३५ ग्राम स्मेक बरामद गरिएको छ । अर्का आरोपी सूर्यविक्रम शाहको साथबाट १३० रैक्सोजैसिक इन्जेक्सन, १३० फैनारगन, २.३५ ग्राम स्मेक बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ । बरामद परिमाणको इन्जेक्सन र स्मेक पीलीभीतबाट ल्याएको तथा नेपाल लैजान लागेको बयान अभियुक्तले बनवासा थाना प्रहरीलाई दिएका छन् । आरोपीहरूले बयानमा नेपाली मूलका मुसा नामक १ जना व्यक्तिले लागू औषध दिएको बताएका छन् ।

अभियुक्त राहुल सुनाम र सूर्यविक्रम शाहले भारतीय प्रहरीलाई दिएको बयानमा नशाको इन्जेक्सन पीलिभीतबाट ४० भारतीय रुपैयामा खरिद गर्ने र नेपालको महेन्द्रनगर आसपासको क्षेत्रमा ५००–६०० नेपाली रूपैयाँमा बिक्री गर्ने गरेको खुलेको छ । आरोपीहरू विरुद्ध बनबासा थानामा एनडीपीएस एक्टको धारा ८/२१/६० अनुसार मुद्दा दर्ता गरिएको वनवासा थानाले जानकारी दिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा लागू पदार्थ विरुद्ध लड्न दुवै देशका प्रहरीबीच समन्वय आवश्यक भएको भारतीय प्रहरीले जनाएका छन् । सीमा क्षेत्रमा लागूपदार्थ विरुद्धको अभियानमा नेपाल प्रहरीसँग समन्वय गर्न सकिने उनले बताए । यसअघि ९ किलोग्राम चरेशसहित १ नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया