Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० माघ २५ गते बिहिबार

कृष्णपुरकाे कामकार्वाहि पारदर्शि नभएकाे भन्दै माओवादि केन्द्रले २३ बुदे मागपत्र बुझाए । गतबर्ष बाट हाल सम्मका याेजना बिवरण माग ।

नेकपा माओवादी केन्द्रले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । माओवादी केन्द्र कृष्णपुर नगर कमिटिले नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।

नेकपा माओवादी केन्द्र कृष्णपुरका सचिव जगदीश मल्लले नगरपालिकाले गरिरहेको कामकाज योजना जनमुखी नभएको, पारदर्शी नभएको जनअपेक्षा नभएको भन्दै गत आर्थिक बर्ष ०७९/०८०देखि चालु आर्थिक बर्ष हालसम्मका योजनाको विवरण उपलब्ध गराउन माग अघि सारेको बताए ।

सचिव मल्लका अनुसार ३३ बुँदे माग अघि सारेर कृष्णपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएको बताए । माओवादी केन्द्र कृष्णपुरका नगर अध्यक्ष जोगराज चौधरीले नगर प्रमुख हेमराज ओझालाई ज्ञापन पत्र बुझाएका छन ।

सचिव मल्लले पाटीले जनजिविका सहित नगरका जनताको भविष्यसंग जोडिएका विषयमा स्थानीय सरकार गम्भिर नभए आन्दोलनको चेतावनी दिएका छन । सचिव मल्लले पाटीका तर्फबाट स्थानीय सरकारलाई विकास निर्माणमा घचघच्याउनेदेखि सुशासनका लागि दवाव सृजना गरेको बताए ।

माओवादी केन्द्र कृष्णपुरले सुशासन, विकास निर्माण, सेवा प्रवाह, कोटेशन, अलपत्र योजना पारेको विषयमा नगर प्रमुख ओझालाई बुझाएको ज्ञापन पत्रका स्ता छन मागहरु ।
१) सडक, पुल, पुलेसा, भवन, विजुली बत्ती जस्ता विकासे योजनाह? छनौट उपभोक्ता समिति गठन भुक्तानी प्रक्रिया सम्बन्धमा ।
२) कृषि र पशु विकास शाखा बाट वितरण गरिएका अनुदान को विल भपाई तथा लाभान्वित छनौट को अभिलेख सहित जानकारी सम्बन्धमा ।
३) स्वास्थ्य सामाग्री, औषधी तथा उपकरण खरिद प्रक्रिया को अभिलेख सम्बन्धमा ।
४) न.पा. का सवारी साधन तथा विभिन्न मेसिनरी खरिद प्रक्रिया का साथै विल भवितथा भुक्तानी सम्बन्धमा ।
५) न.पा. का सवारी साधन तथा मेसिनह? ले प्रयोग गर्ने इन्धन डिजल÷पेट्रोल खरिद तथा वितरण प्रक्रिया को अभिलेख सम्बन्धमा ।

६) नगरपालिकाले बजेटको सुनिश्चतता नभई मनोमानी ढंगले पटक पटक दोहोरÞ्याएर क्ष्भ्भ्, भ्क्ष्ब् र म्एच् तयार गर्ने जिम्मा पक्रिया विपरित आफ्नो नजिकका व्यक्तिलाई दिएको सम्बन्धमा ।

७) आर्थिक सहयोग हवाई टिकट र इन्धन वितरण को अभिलेख सम्बन्धमा ।
८) जग्गा नापीको नापजाँच गर्ने प्रयाप्त स्रोत साधन र कर्मचारी हुदा हुदै नायेंजाचको ठेक्का दिईनुको कारण तथा नापककजाच बाँकी रहेका वडाह? ५, ६ र ७ मा नापी नहुनुका कारण सम्बन्धमा ।
९ ) विभिन्न योजनाको दोहोरो भुक्तानी सम्बन्धमा ।
१०) मछेली खोलाको धार परिवर्तन गर्न ठेकदारलाई कोटेसन दिइएनुको कारण र प्रक्रिया सम्बन्धमा ।
११) विद्यालयलाई दिइएको प्लेस्टेसन को खरिद प्रक्रिया साथै विल भपाई को अभिलेख सम्बन्धमा ।
१२) पञ्जीकरण (जन्म, मृत्यु, बसाईसराई) मा राजश्व वृद्धि गर्नुको कारण सम्बन्धमा ।

१३) नियमविपरित कर्मचारी भर्ना सम्बन्धमा ।
१४) न.पा. का विभिन्न सामाग्रीह? सार्वजनिक खरिद ऐन अनु?प भए नभएको सम्बन्धमा ।
१५) हाल सम्म खरिद गरिएका विभिन्न सामाग्रीह? को सम्पत्ति दाखिला तथा सार्वजनिक गरिनुका साथै दस्तावेजिकरण सम्बन्धमा । १६)
कञ्चन बुहुमुखी क्याम्पस गुलरियाको जग्गा न.पा.ले आफ्नो लालपुर्जामा समावेश गरे नगरेको सम्बन्धमा ।
१७) नगरशिक्षक, नगरशिक्षक छनौट, शिक्षक स?वा र दरबन्दि मिलान प्रक्रिया सम्बन्धमा ।
१८) रोड शेष कर तथा रोयल्टी वद्धी को कारण सम्बन्धमा ।
१५ ) नगरपालिकाको निमित्त प्रमुख प्रशासकियको जिम्मेवारी सम्बन्धमा ।
२०) विभिन्न क्षेत्रमा गरिएको कर वृद्धि र मनोमानी ढंगले गरिएको कर छुट सम्बन्धमा ।
२१) सरकारी प्राविधिक कर्मचारीलाई नगरपालिकाले फिर्ता पठाउने निर्णय गरिएको सम्बन्धमा ।
२२ ) छाडा पशुचौपाया को खर्च सार्वजनिक तथा छाडा पशुचौपायालाई व्यवस्थित गर्ने सम्बन्धमा ।

२३) नगरप्रमुखको सचिवालयमा आफु खुसी मनोमानी ढंगले प्रक्रिया विपरित कर्मचारी राखिएको र उनीहरुको सेवा सुविधा सम्बन्धमा ।
२४ ) हाल विवादीत रहेको स्वास्थ्य कर्मचारीको छनौट को प्रक्रिया सम्बन्धमा । २५) विदा का दिन सरकारी सवारी साधन को दु?पयोग सम्बन्धमा ।
२६) संघ, प्रदेश साथै विभिन्न संघ संस्था बाट नगरपालिका मार्फत कार्यान्वयन भएका योजना तथा कार्यक्रम सम्बन्धमा ।
२७) लामो अवधि देखि ठेक्का प्रक्रिया भएको नगर अस्पतालको निर्माण कार्य सुचा? नभएको सम्बन्धमा ।
२८) कृष्णपुर स्वास्थ्य चौकी को माथिल्लो तलामा प्रक्रिया विपरित सेफ हाउस भवन निर्माण सम्बन्धमा
२५ )नगरपालिका बाट विगत मा सुचा? भएका नगरस्तरिय योजनाह? अलपत्र रहेको सम्बन्धमा ।
३०) नगरपालिकाले तयार पारेका विभिन्न ऐन नियमावली र कार्यविधि लाई कार्यान्वयन नगरी थन्काएको सम्बन्धमा ।

३१) वडा नं. १ मा आर्थिक बर्ष २०७५÷८० को बर्षातको समयमा प्रक्रिया विपरित नगरपालिकाको साधन स्रोत बाट गरिएको पानी पिच सम्बन्धमा ।

३२) नगरपालिका माथी विभिन्न निकाय मा परेका उजुरीह? को सत्यतथ्य छानविन गर्नुपर्ने सम्बन्धमा ।
३३) अनियमित किसिमले आफ्ना आसेपासेलाई कोटेसन तथा ठेक्का वितरण गरिएको सम्बन्धमा ।
सचिव मल्लले नगर प्रमुख ओझाले पाटीले ज्ञापन पत्र बुझ्दै नगरका योजना बारे सुचना उपलब्ध गराउने आश्वासन दिएको बताए ।

प्रतिक्रिया