Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० फागुन ०३ गते बिहिबार

महेन्द्रनगर बाट काठमाडौ जाँदै गरेकाे बस कपिलबस्तुमा दुर्घटना १० जनाकाे मृत्यु ।
प्रतिकात्मक तस्बिर

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस बुधबार राति १ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

दुर्घटनामा ३० जना घाइते भएकामा ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको स्थानीय सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया