Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
मसुरिया
२०८० फागुन ०६ गते आइतबार

पूर्व पश्चिम राजमार्गको गौरीगङ्गा नगरपालिका वडा नं ९ शंकरपुरमा शनिबार साँझ भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

से ३ प ९३ न मोटरसाइकलमा सवार गौरीगङ्गा ८ बढैपुरका ३८/३९ वर्षीय गोपी नेपालीको ज्यान गएको हो । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेका नेपालीको सोही दिशामा यात्रु झर्दै गरेको ना ५ ख ९६४६ नम्बरको बसमा ठोकिएर अनियन्त्रित भई सडकमा लडेका नेपालीलाई पूर्वबाट महेन्द्रनगर जाँदै गरेको बसले कुल्चेको थियो ।

पश्चिम तर्फ जाँदै गरेको ना६ख ७४४३ नम्बरको बसको ठक्करबाट नेपालीको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् । मृतक बढैपुर सुकुम्वासी शिविरमा बस्दै आएका थिए ।

दुर्घटनाको छानबिनको लागि दुबै बस इलाका प्रहरी कार्यालय चौमालाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले जानकारी दिएका छन् ।

प्रतिक्रिया