Samriddhipost
२०८१ बैशाख १६ गते आइतबार
महेन्द्रनगर
२०८० फागुन ०८ गते मङ्गलबार

मैत्रीपूर्ण शिक्षक भलिवल प्रतियाेगिता पुर्णा माबि बिजयी

खडक बहादुर काेली

नेपाल राहत शिक्षक भिमदत्त नगर समिति कञ्चनपुरले सञ्चालन गरेको मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको उपाधि पूर्ण मावि ऐरी ऐरी बाँसखेडाले सिल्डसहित नगद १० हजार  विजय प्राप्त गरेको छ।

पूर्णा मावि ऐरिले प्रथम स्थान ओगेटेको छ। द्वितीय स्थान शान्ति निकेतन मावि ऐठपुर ८ हजार टफि , तृतीय स्थान सुदूरपश्चिम विश्वविद्यालय शिक्षा संकायले टफि सहित नगद ६ हजार प्राप्त गरेको छ भने  सान्त्वना पुरस्कार सुदूरपश्चिम विश्वविद्यालय विज्ञान संकायले ४ हजार  पुरस्कार प्राप्त गरेको नेपाल राहत शिक्षक भीमदत्त नगर समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति महाकाली जनसेवा माविका हल्दुखालका शिक्षक जगत बहादुर धामीले बताएका छन।

महिलातर्फको खेलमा शान्ति निकेत र मावि ऐठपुरप्रथम र भिर्कुटी मावि महेन्द्रनगर दोस्रो भएको छ। दुईटै टिमलाई सम्मान गरिएको पूर्ण मावि ऐरिका शिक्षक भरतबहादुर चन्दले बताएका छन् त्यसैगरी उत्कृष्ट खेलाडीहरूलाई समेत सम्मान गरिएको छ जसमध्ये बेस्ट डिफेन्डर भरतबहादुर चन्द वेस्ट सर्भिसर भैरवराज भट्ट बेस्ट सटर नमराज भट्टलाई सम्मान गरिएको कञ्चनपुर जिल्ला भलिबल संघका सल्लाहकार सरस्वती माविका शिक्षक जनक राज जोशीले बताएका छन् प्रजातन्त्र दिवसको अवसरमा ५ गतेदेखि सञ्चालन भएको सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको मैत्रीपूर्ण खेल भएको थियो प्रजा प्रजातन्त्रकै दिन समापन भएको कार्यक्रममा प्रमुख अतिथि निवर्तमान आर्थिक मामिला मन्त्री तथा प्रदेश सदस्य माननीय प्रकाश रावल थिए भने विशिष्ट अतिथि राष्ट्रिय प्रशिक्षक जगदीश भट्ट रहेका थिए कार्यक्रम भव्य सभ्यका साथ सम्पन्न भएको पूर्ण मावि ऐरीका प्रधानाध्यापक धनीदत्त पन्तले बताए पन्तले आफ्नो स्कुल प्रथम भएकाेले खुसी हुँदै अरु विद्यालयका टिमहरूलाई पनि सान्त्वना दिएका छन्। अगामि दिनमा पनि खेलखेलिने समेत आयाेजकलाई आग्रह समेत गरेका छन्।

प्रतिक्रिया