Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० फागुन ०९ गते बुधबार

उपभाेक्ता समिति सिफारिस ढिलाई हुदा समयमै काम सम्पन्न नहुने चिन्ता ।

कंचनपुरमा उपभाेक्ता समिति गठनमा ढिलाइ भएकाे देखिएकाे छ । जलस्राेत बिकास डिभिजन कंचनपुर बाट उपभाेक्ता मार्फत कार्यान्वयन हुने याेजनामा यस्ताे समस्या देखिएकाे हाे ।

बेदकाेट नगरपालिका वडा ४,६ र १० काे चाैधर नदिमा तटबन्ध याेजना, कृष्णपुर नगरपालिका वडा १ स्थीत  धारपानी खाेला, खारखाेला, र ओदालकाे तटबन्ध निर्माण याेजना ।
कृष्णपुर नगरपालीकाकाे वडा २ स्थीत मछेली नदिमा तटबन्ध निर्माण याेजनाकाे उपभाेक्ता समिति गठनमा ढिलाई भएकाे हाे ।

जलस्राेत बिकास डिभिजन कार्यालय कंचनपुरले मंशिर २२ र पुस २६ गते वडा कार्यालयहरु लाई पत्र लेख्दै १५ दिन भित्र उपभाेक्ता समिति गठन गरिदिन पत्राचार गरेकाे छ । तर यी ५ वडामा पर्ने तीन उपभाेक्ता समिति गठन गर्न डेढ दुई महिना बिति सक्दा समेत उपभाेक्ता समिति गठन हुन सकेकाे छैन ।

लामाे समय सम्म उपभोक्ता समिति गठनमा किन ढिलाई भयाे भन्ने बिषयमा कृष्णपुर नगरपालिका वडा १ का अध्यक्ष माेहन बस्नेत संग कुरा गर्दा वहाले तिनवटा खाेला किनारका उपभोक्ता समेटिएकाे एउटै उपभाेक्ता समिति बनाउनु पर्ने छ यस्का लागि वडाका सबै दल समेत नदि कटान प्रभावित क्षेत्रका वासिन्दाकाे एक अनुगमन समिति बनाई अनुगमनमा पठाएकाे भाेलि सम्म रिपाेर्ट आउने, आएकाे रिपाेर्ट अनुसार उपभाेक्ता समिति बनाउन तिनै खाेला किनारका उपभाेक्ता सहमत भए २-३ दिनमै समिति गठन गरेर सिफारिस गर्ने  र सहमत नभए ठेक्का प्रकृयामा प्रभावित क्षेत्रमा काम गरिदिन पत्राचार गर्ने तयारि रहेकाे बताएका छन ।

यस्तै कृष्णपुर नगरपालीका वडा २ का अध्यक्ष अर्जुन सावद संग साेद्धा वहाले मछेली खाेलामा तटबन्धका लागि विभिन्न कार्यालय बाट काम भैरहेकाे एकै ठाउँमा याेजना नजुधाेस भनेर याेजनाका बारे बुझ्दा समय लागेकाे हाे । अहिले जलस्राेत कार्यालय संग ठाउँ एकिन गर्न फिल्ड अनुगमन लगायत कार्य सकिएकाे भाेली नै अनुगमन अनुसारकाे ठाउँ ताेकिदिन पत्राचार गर्ने र ठाउँ ताेकिने बितिक्कै समिति गठन सिफारिस गरिसक्ने बताएका छन ।

यस्तै बेदकाेट नगरपालीका चाैधर नदिमा वेदकाेट ४,६ र १० काे संयुक्त उपभाेक्ता समिति बन्न ढिलाईका बारे वडा १० का अध्यक्ष रतन सिह बिष्टले तिनबटै वडा अध्यक्ष बसेर छलफल भएकाे तिनै वडामा पर्ने प्रभावित क्षेत्रमा बराबर लागतकाे तटबन्ध निर्माण गर्ने र उपभाेक्ता समितिमा पनि तिनै वडाका उपभाेक्ता रहने गरि छलफल भएकाे, भाेलि पर्सिमा तिनै वडा अध्यक्ष बसेर सहमतिमा उपभाेक्ता समिति गठन सिफारिस गर्ने बताएका छन, वडा ४ का अध्यक्ष तुलसि रानाले सबैकाेमा बराबर लागतकाे काम हुनेगरि काम गर्नुपर्ने बताएका छन । वडा ४ का अध्यक्ष नरेन्द्र बहादुर बाेहरा संग सम्पर्ककाे प्रयास सफल हुन सकेन ।

कार्यालयका निमित्त डिभिजन प्रमुख ईन्जिनियर खेमराज रेग्मीले सुरुबाटै समयमा काम सम्पन्न गर्नका लागि कार्यालय लागि परेकाे, समयमै पत्राचार गरि उपभाेक्ता सिमित गठन सिफारिस अनुराेध माग गरेका छउ तर केही ठाउँकाे सिफारिस आउन नसक्दा समयमै काम हुन नसक्ने हाे कि भन्ने चिन्ता रहेकाे बताएका छन ।   थाेरै बजेटमा ठुलाे क्षेत्र समेटेर याेजना आएका कारण 

प्रतिक्रिया