Samriddhipost
२०८१ बैशाख २८ गते शुक्रबार
महेन्द्रनगर
२०८० फागुन १० गते बिहिबार

बैतडीमा मलामी गएकाे जिप दुर्घटना हुदा १ जनाकाे मृत्यु

बैतडीमा मलामी बोकको जिप दुर्घटना भएको छ।

उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। डिलाशैनी गाउँपालिका १ स्थित घारडा भन्ने ठाउँमा जिप पल्टिँदा डिलाशैनी गाउँपालिका १ धावलाका ५० वर्षीय गोपाल बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए।

सुदुपश्चिम प्रदेश ०१०००१ च ३१४६ नम्बरको जिपमा १३ जना सवार रहेको थिए। जिपमा सवार अन्य सकुशल रहेका छन्। धनपती धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा बिहीवार(आज) दिउँसो पौने २ बजेतिर जिप दुर्घटना भएको हो।

प्रतिक्रिया