Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
महेन्द्रनगर
२०८० फागुन १८ गते शुक्रबार

शुक्लफाँटामा हात्ती आतंक, किसानकाे गहु खेतिमा क्षति
तस्बिर लाल ब ऐरकाे वालबाट

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको बथानले किसानले लगाएको गहुँबालीमा क्षति गरेको छ । बिहीबार राती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट १२/१५ को संख्यामा आएका हात्तीको बथानले किसानले लगाएका गुहँबालीमा क्षति गरेको हो ।
निकुञ्जबाट नागेश्वर मध्यवर्ती वन हुँदै ६ नम्बर वडा कार्यालय परिसरबाट आएका हात्तीको बथानले ६ नम्बर वडा र वडा नम्बर १० का नहर टोलका भीम बहादुर खडायत लगायतका किसानको करिब १५ कट्टामा लगाएको गहुँबालीमा क्षति गरेको नगर प्रवक्ता तथा वडा नम्बर १० का वडाध्यक्ष लाल बहादुर ऐरले बताए ।
हात्ती लगायत जंगली जनावरबाट मानवीय तथा भौतिक क्षति रोक्नका लागि सुदुरपश्चिम प्रदेश सरकारसंग फिनिसिङ वायरको माग गरिएको नगर प्रवक्ता ऐरले बताए ।
बिहीबार बसेको नगर कार्यापालिकाको बैठकले प्रदेश सरकारसंग जंगली जनावरबाट बचावटका लागि फिनिसिङ वायर माग गर्ने निर्णय गरेको उनले बताए ।
शुक्लाफाँटामा जंगली हात्ती लगायत जनावरले मानवीय तथा भौतिक क्षति गर्न थालेपछि यहाँका वासिन्दा त्रसित बनेका छन् ।
शुक्लाफाँटाका विभिन्न क्षेत्रहरुमा हात्तीको बथान नै आएर घर भत्काउनुका साथै गहुँवालीमा क्षति पुर्याउने गरेको छ। हात्ती धपाउनका लागि यहाँका वासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् ।


#हात्ती आतंक

प्रतिक्रिया