Samriddhipost
२०८१ बैशाख २९ गते शनिबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० फागुन २० गते आइतबार

दोधारा चाँदनीमा तिन दिने बेमौसमी तरकारी खेती तालिम

दोधारा चाँदनी नगरपालिकामा तिन दिने बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयको सहयोग र अपि खप्तड प्रालि.को आयोजनामा वडामा बसोबास गर्ने किसानहरुलाई तिने बेमौसमी तरकारी खेती तालिम संचालन गरिएको नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी छन् । 
वडामा बसोबास गर्ने महिला तथा पुरुष किसानहरुलाई छनौट गरि बेमौसमी तरकारी खेती तालिम संचालन गरिएको वडाध्यक्ष रावलले बताएका छन् । तालिममा वडाका ३८ जना किसानहरुको सहभागिता रहेको छ् । उद्धघाटन सत्रमा नगरपालिकाका उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष पदम रावल, वडा सदस्य मनकला खनाल पुजारा, महाविर सिंह धामी, दु्रपता देबी सुनार, दोधारा चाँदनी नगरपालिका कृषी शाखा कार्यालयका कृष्णराज पन्त, कृषी प्राविधिक अम्बीका भट्ट, बिन्दु भट्ट लगाएत तालिमका सहभागीहरुको उपस्थिति  रहेको थियो । 
बेमौसमी तरकारी खेति, लहरे तरकारी खेति , अर्गानिक तरकारी खेति, बजारमुखि तरकारी खेती र तरकारीमा लाग्ने रोग किराको ब्यवस्थापन लगाएतका बिषयमा शहजीकरण गरिने बताईएको छ् । दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले छोटो अवधिको तालिमले पर्याप्त नभए पनि किसानहरुलाई खेती गर्न थप मद्दत पुग्ने बताएका छन् । किसानहरुलाई आधुनिक खेती प्रणालीमा जान तालिमले सहजता ल्याउने वडाध्यक्ष रावलको भनाई रहेको छ् । तिन दिन सम्म सिकेका कुराहरुलाई व्यवहारमा ल्याउन सहभागीहरुलाई उनले आग्रह गरेका छन् । बेमौसी तरकारी खेती तालिमबाट उत्पादन मुखि व्यवसायी बन्न आग्रह गर्दै सम्पूर्ण सहभागीहरुलाई उपमेयर जोशीले शुभकामना दिएका छन् । किसानहरुले मिहिनेतका साथ उत्पादन गरेता पनि उत्पादित सामाग्रीहरुको बजार मूल्य नपाउदा कृषकहरुले घाटा व्यहोर्नु परेको बताउदै उपमेयर जोशीले कृषि प्राविधिकबाट सिकेका कुराहरुलाई व्यवहारमा ल्याउन आग्रह गर्दै तालिम उत्पादन मुखी हुनुपर्नेमा जोडदिएका छन् । 
स्वास्थ्यको लागि अर्गानिक तरकारी खेती उत्पादन गर्नुपर्ने र सदाबहार उत्पादन हुने बेमौसमी तरकारी खेतीलाई व्यवसायीक रुपमा संचालन गर्न सके आर्थिकमा समेत संमृद्धि हुने उपमेयर जोशीले बताएका छन् । तालिममा सहभागी हुने पाएको भन्दै स्थानियहरु हर्षित भएका छन् ।

प्रतिक्रिया